काठमाडौं- काठमाडौंमा ग्यास ल्याउन धादिङका जनताको अवरोध भएको छ ।
स्थानीयको अवरोधका कारण धादिङका विभिन्न ठाउँमा थन्किएका २२ हजार सिलिन्डर ग्यास राजधानी ल्याउन सकिएको थिएन ।
स्थानीयले पहिला आफूहरूले प्राथमिकता पाउनुपर्ने भन्दै ग्यास बोटलिङ प्लान्टबाट धर्ना कसेका छन् । सिलिन्डर निकाल्न नदिएपछि सुरक्षाकर्मीको सहयोगमा रातको मौका पारेर उपत्यका ल्याउने तयारी गरिएको छ ।
स्थानीय प्लान्ट परिसर र परिसर बाहिर घेरा हालेर धर्नामा बसेपछि फिलिङ गरिएका सिलिन्डर राजधानी भित्र्याउन सकिएको छैन।






