नेपाल चेम्बर अफ कमर्सद्वारा सन्देश राजभण्डारी सिड्नी प्रतिनिधिमा नियुक्त

सिड्नी, १४ फागुन। नेपाल चेम्बर अफ कमर्स ले व्यवसायिक क्षेत्रमा सफल योगदान पुर्‍याएको कदर गर्दै सन्देश राजभण्डारीलाई अष्ट्रेलियाको सिड्नीका लागि मानार्थ व्यापार प्रतिनिधि (Honorary Trade Representative) पदमा नियुक्त गरेको छ।

चेम्बरले प्रदान गरेको प्रमाणपत्रमा राजभण्डारीलाई सिड्नी, अष्ट्रेलियाका लागि संस्थाको आधिकारिक प्रतिनिधिका रूपमा नियुक्त गरिएको उल्लेख गरिएको छ। नेपाल र अष्ट्रेलियाबीच व्यापार तथा लगानी प्रवर्द्धन, व्यवसायिक सम्बन्ध विस्तार तथा नेपाली व्यवसायीहरूको हित संरक्षणमा उनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास चेम्बरले व्यक्त गरेको छ।

राजभण्डारीको नियुक्तिलाई उनले व्यवसायिक क्षेत्रमा हासिल गरेको सफलताको सम्मानका रूपमा हेरिएको छ। व्यास नगरपालिका–२, दमौली निवासी राजभण्डारी हाल अष्ट्रेलियाको सिड्नीमा सफल व्यवसायीका रूपमा परिचित छन्।लन्डन नेपाल न्युजसँग कुराकानी गर्दै राजभण्डारीले प्राप्त सम्मान र जिम्मेवारीप्रति आभार व्यक्त गर्दै नेपाल–अष्ट्रेलिया व्यापार सम्बन्ध सुदृढ बनाउन आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *