नेपाली जनसम्पर्क समिति (लोक गुरुङ समुह) बेलायतमा चुनावी सरगर्मी :

लण्डन–

नेपाली कांगे्रसको तेह्रौं महाधिवेशन नजिकिदै गर्दा नेपाली जनसम्पर्क समिति बेलायतको तर्फबाट प्रतिनिधित्व गर्न  १२ जुलाई आइतबारका दिन अल्डरसडमा बसेको समितिको बैठकले एक निर्वाचन मण्डल गठन गरेको छ । जसमा संयोजक शिवजी श्रेष्ठ र सदस्यहरुमा बेद लावती र सूर्य तामाङ रहनुभएको छ । त्यस्तै समितिले निर्वाचन कार्यतालिका समेत प्रकाशमा ल्याएको छ ।nepali-Congress-flag_20110409091641[1]

जसअनुसार जुलाई २६ मा उम्मेदवारी दर्ता, अगष्ट २ मा उम्मेदवार अन्तिम नामावली प्रकाशन र अगष्ट ९ का दिन निर्वाचनको मिति तय गरिएको महामन्त्री शिव तिमिल्सीनाले जनाए ।  त्यस्तै समितिले निर्वाचन मण्डललाई तदारुकताका साथ काम गर्न आग्रह गरेको छ ।

त्यसका साथै नेपाली कांगे्रसको महाधिवेशन प्रतिनिधि बन्नका लागि इच्छुकको जमातले बेलायती कांगे्रसमा तरंग ल्याइदिएको छ । नेपाली कांग्रेसको विधानमा विदेश स्थित एक जनसम्पर्क समितिबाट ४ जना महाधिवेसन प्रतिनिधी र ३ जना महासमिति सदस्यले महाधिवेसनमा भाग लिन पाउने प्रावधान छ ।