यो बर्षको सर्वाधिक सफल चलचित्र ‘छक्का पन्जा’ पनि पाइरेसीको मारमा परेको छ । चलचित्रको विभिन्न शो अझै ओभरसिजमा भैरहेको थियो । चलचित्रका निर्माता तथा कलाकार दीपकराज गिरी र निर्देशक दीपाश्री निरौला चलचित्र प्रदर्शनका लागि भन्दै यतिबेला यूरोपमा छन् । उनीहरु, यूरोपमा चलचित्रको प्रदर्शनमा व्यस्त भएको समयमा चलचित्र पाइरेसी भएको हो ।
विशेषगरि, बिहिबार बिहानैबाट चलचित्र मानिसका मोबाइल-मोबाइलमा छ्याप्तछ्याप्ती भएको थियो । चलचित्र पाइरेसी भएपछि अन्ततः यसलाई युटुबबाट रिलिज गरिएको छ । हाइलाइट्स नेपालले शुक्रबार बिहानै चलचित्र आधाकारिक रिलिज युटुबबाट गरेको हो ।






