पोर्चुगलमा हरिबहादुरका हत्यारा नेपाली नै, हत्यारालाई नेपालीले समातेर प्रहरीलाई बुझाए

राजकुमार थापा
लिस्बोन– पोर्चुगलमा १२ सेप्टेम्बरमा हत्या गरिएका हरिबहादुर जीसीका हत्यारा नेपाली नै भएको पुष्टि भएको छ । हत्यारालाई नेपालीहरुले समातेर प्रहरीलाई बुझाएका छन् । कामको सिलसिलामा सामान्य विवादमा छुरा प्रहार गरि पोर्चुगलको राजधानी लिस्बोनमा हरिबहादुर जिसीको हत्या गरिएको थियो ।
जीसीका हत्यारा अर्जुन सापकोटालाई नेपालीहरुले समातेर स्थानीय प्रहरीलाई बुझाएका छन् । जीसीको दाहासंस्कार भइरहेकाबेला सापकोटा पक्राउ परेका हुन् । लिस्बोनको रोमामा नेपालीद्वारा सञ्चालित पोखरा रेस्टुरेन्टबाट एनआरएनए पोर्तुगलका उपाध्यक्ष कमल गुरुङको अगुवाइमा हत्यारा पक्राउ परेका हुन् ।
एनआरएनए पोर्चुगलका अध्यक्ष कुवेर कार्कीले हत्यारा पक्राउ परेपछि एउटा सफलता प्राप्त भएको बताउँदै पीडित परिवारका बालबच्चालाई सहयोग पुर्‍याउन एनआरएनए पोर्चुगलले अभियान नै चलाएको जानकारी दिए ।
कसरि पक्राउ परे अर्जुन ?
 हिजो करिव अपरान्ह २ :३० बजे स्वर्गीय हरि बहादुर जिसीको पार्थिव शरीरमा अन्तिम श्रदान्जली दिएर पोर्चुगलका धेरै नेपालीहरु लगायत उनका अफ़न्तहरु  शोक मनाउदै थिए ।श्रदान्जली पश्चात करिव ४:३० बजे उनको अन्तिम दाहसस्कार सकियो ।दाहसस्कार पश्चात सबै घर फर्कने क्रममा करिव ५ बजे तिर गैर आवासीय नेपाली संघ,पोर्चुगलका निवर्तमान अध्यक्ष भिम केसी कमलको मोबाईलमा फोन आयो ।फोनमा निज अर्जुन सापकोटा स्थानीय एक नेपाली रेस्टुरेण्ट ब्यबसायी संग  कुराकानी गर्दै गरेको खबर आयो । उक्त खबर दिने व्यक्ति अन्जु गजुरेल हुनुहुन्थ्यो भने निज अर्जुन सापकोटा संग कुरा गर्दै गरेका अर्का सहयोगी थिए बिष्णु वस्ती ।
निवर्तमान अध्यक्ष केसीले उक्त खबर पाउदा साथ् तुरुन्त पोर्तुगिज प्रहरी तथा अन्य नेपाली अभियन्ताहरुलाइ खबर गरे ।उक्त सुचनाका आधारमा गैर आवासीय नेपाली संघ,पोर्चुगलका उपाध्यक्ष कमल गुरुङ सहितको टोली निज अभियुक्त अर्जुन सापकोटा भएको स्थान पोखरा रेस्टुरेण्ट मा करिव १५ मिनेटभित्र पुगेर निज अभियुक्तलाई पक्रन सफल भएका हुन् ।पक्राउ पश्चात सापकोटालाई प्रहरीको जिम्मा लगाइएको छ ।
को हुन् अर्जुन सापकोटा ?
धादिङ्ग घर भएका अर्जुन सापकोटा पोर्चुगलमा नया हुन् । करिव १ वर्ष अगाडी पोर्चुगल आएका उनि बिगत केहि समय मृतक हरि बहादुर जिसी संगै काम गर्थे । द्वय संगै काम  गर्दा चिनजान तथा नजिक भएका थिए ।
छोटो समय काम गरेता पनि उनीहरु बीच नियमित सम्बद, भेटघाट हुने गर्थ्यो । केहि समय पहिले मृतक हरि बहादुर जिसीका सहोदर भाई ओम बहादुर जिसीसंगै अर्जुन सापकोटाले काम गरेका थिए ।उनीहरु द्वय बीच कामकै बिषयमा आपसी बिबाद भएको कुरा ओम जिसी स्विकार्छन । सापकोटा संग संगत गर्नेहरुका अनुसार  उनि मानसिक रुपमा बिरामी थिए ।
जिसी माथि कसरि चक्कु प्रहार गरे ?
गत  १२,सेप्टेम्बर २०१७ का दिन राति करिव ११:३० बजे राजधानी लिस्वन स्थित काम्पो पिकेनो मेट्रो  स्टेशन नजिक बीच सडकमा जथाभावी चक्कु प्रहार गरेका सापकोटाले लक्छित व्यक्ति हरि बहादुर जिसीका भाई थिए तर भाइलाई चक्कु प्रहार गर्दा हरिबहादुर जिसीले रोक्न खोज्दा सापकोटा उनि माथि जाई लागेको कुरा निजका भाई ओम बहादुर जिसीले बताएका थिए ।जथाभावी चक्कु प्रहार गरि सापकोटा फरार भएका थिए ।
निज सापकोटालाई हरि बहादुर जिसीको मृत्युका बारेमा बेखबर रहेको कुरा सुचित व्यक्ति बिष्णु वस्तीसंगको कुराकानीमा बताएको कुरा वस्तीले जानकारी दिएका थिए ।
” यतिका दिन सम्म कहा बस्यो ,के खायो ?भन्ने वस्तीको प्रश्नमा ” कहिले मेट्रो स्टेशन त  कहिले सडक किनारामा सुतेको र मागेर खाने गरेको कुरा वस्ती संगको कुराकानीमा सापकोटाले बाएको कुरा वस्तीले जानकारी गराए ।
सानो कामको  बिबादका कारण उब्जेको क्रोधले दुवैको जीन्दगी वर्वाद भएको छ ।Brtnepal.comसहयोग मा