साझा नेपाली समाज यूकेको अध्यक्षमा नारायण फूयाल निर्बाचित अरु समितिमा को को आए ?

लन्डन।बेलायतको मिडल्याण्ड स्थित साझा नेपाली समाज यूकेको नयाँ नेतृत्व चयनका लागि अधिवेशन सम्पन्न भएको छ।

समाजको आठौं अधिवेशन जनवरी ५ तारिख सोमबार उल्भरह्याम्टनमा भएको हो।साझा नेपाली समाज यूकेको नया नेतृत्वको अध्यक्षमा समाजका पूर्व उपाध्यक्ष नारायण फूयाल निर्विरोध निर्बाचित बनेका छन् ।

कृष्ण शर्माको नेतृत्वमा शंकर भण्डारी र डिलाराम गौतम रहेको निर्वाचन समितिले नयाँ कार्यसमितिको घोषणा गरेको थियो। समिति संयोजक शर्माले नवनिर्वाचित पदाधिकारीहरूलाई पद तथा गोपनियताको शपथ गराएका थिए।

समाजका निवर्तमान अध्यक्ष दीपक सापकोटाले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिंदै सबैप्रति धन्यवाद पनि व्यक्त गरे।

अध्यक्ष लगायतका सबै पदमा निर्विरोध भएको निर्वाचन समितिका संयोजक कृष्ण प्रसाद शर्माले लण्डन नेपाल न्यूज लाई बताए अरु को को आए ?
—————
कार्यसमिति
अध्यक्ष- नारायण फुयल
उपाध्यक्ष – शिब खरेल
उपाध्यक्ष- सुरेश के.सी
उपाध्यक्ष – गणेश सापकोटा
महा साचिब – सासंक शर्मा
साचिब- गोबिन्द सापकोटा
कोषा अध्यक्ष- उपेन्द्र सापकोटा
सह कोषाअध्यक्ष- दीनेस ढकाल
—————————
सदस्यहरू
ईश्वर रिजाल
राहुल सापकोटा
रेवती रमण पाण्डे
निसान माँन बजाचाय
दसरथ खरेल
लक्ष्मी सुबेदी (मनोनीत)