लन्डनका मेयरको कार्यालयमा हेल्प नेपाल नेटवर्क युकेको कार्यक्रम हुँदै

लन्डन । हेल्प नेपाल नेटवर्क युकेले आफ्नो स्थापनाको २० वर्ष पुरा हुन लागेको अवसरमा यही आउँदो ९ एप्रिल मंगलबार बेलुका लन्डनका मेयरको अफिस, सिटी हल, मा एउटा कार्यक्रम गर्न लागेको छ।

 

सो कार्यक्रममा बेलायतकालागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी प्रमुख अतिथिको रुपमा सहभागी हुने तथा हेल्प नेपाल नेटवर्क नेपाल शाखाका अध्यक्ष अरुण सिंह बस्नेतले प्रस्तुति गर्ने नेटवर्कले जनाएको छ  ।

 

“मातृभूमिको लागि महिनामा एक पौण्ड वा एक डलर” भन्ने नारा दिएर सन् १९९९ मा बेलायतबाट सो नेटवर्क स्थापना गरिएको थियो। नेटवर्कले नेपालमा शिक्षा, स्वास्थ्य, आपतकालीन मानवीय सहायता लगाएतका क्षेत्रमा सहयोग पुराउँदै आएको छ।

 

“हाम्रो स्थापनाकाल देखि नेपालमा विपन्न समुदायका लागि सेवा पुराउने हाम्रो अभियानमा सहयोग गर्दै आउनु भएका सबै सहयोगीहरुप्रति हामी यस अवसरमा हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छौं।  अप्रिल ९ को कार्यक्रम तपाई सबैप्रति आभार ब्यक्त गर्नका लागि हो, यो रकम संकलन गर्ने कार्यक्रम होइन,”  हेल्प नेपाल नेटवर्क युकेका कोषाध्यक्ष सचिन श्रेष्ठले भने।

यसैबीच हेल्प नेपाल नेटवर्कका स्वयंसेवकहरुले बारा जिल्लाको खुटुवामा भीषण हावाहुरीबाट प्रभावित समुदायलाई मानवीय सहयोग सामग्री हस्तान्तरण गरेका छन् । नेटवर्कले झुल, म्याट, पानी शुद्ध गर्ने औषधी, स्यानिटरी प्याड,जीवन जल लगायतका सामाग्री बोकेको एक ट्रक समान सहित भावना रावत लगाएतका स्वयंसेवक खुटुवामा पुगेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *