ब्रिटीस ग्यासद्वारा घरेलु ग्याँसको मूल्यमा पाँच प्रतिशत कटौतीको घोषणा

British-Gas-logo

लण्डन ।

ब्रिटिस ग्याँसले घरेलु ग्याँसको मूल्यामा पाँच प्रतिशतले कटौती गर्ने घोषणा गरेको छ । ५ महिनाको अवधिमा घरेलु ग्याँसको मूल्यमा यो दोश्रो कटौती हो ।

यसबाट ग्रहकहरुलाई औषत ७२ पाउण्ड हुने आशा गरीएको छ । आगामी २७ अगष्टदेखि कायम हुने घरेलु ग्याँस मूल्य कटौतीबाट ६ लाख ग्राहकलाई लाभ हुने बताईएको छ ।

‘ब्रिटीस ग्याँस प्रतिस्पर्धात्मक मूल्य कायम गर्न प्रतिवद्ध छ, र आज हामी जुन मूल्य कटौती गरेका छाँै त्यसले सोही कुराको पुष्टी गर्छ ।’ – ब्रिटीस ग्याँसका मेनेजिङ्ग डाईरेक्टर मार्क हगले भने । ‘हामी यस मानेमा खुसी छाँै कि आउँदो जाडो यामसम्म ग्राहकहरुले ग्यासविलमा नाफा देख्न सक्नुहुने छ ।’ उनले थपे ।