राजेन्द्र खेतानसंग लण्डनमा एनआरएन यूकेको अन्तरक्रिया‏

लण्डन ।

एनआरएन यूकेले उद्योगपति राजेन्द्र खेतानसंग लण्डनमा एक अन्तरक्रिया गरेको छ । नेपाल ब्रिटेन चेम्बर अफ कमर्सका अध्यक्ष तथा पूर्व सभासद खेतानसंग नेपालमा एनआरएनको लगानी, दोहोरो नागरिकताको आन्दोलन लगायतका विषयमा अन्तरक्रिया भएको हो ।11759537_10204587587278490_1866474054_n[1]

इलिंगस्थित मन्टिज रेष्टुरेन्टमा मंगलबार सांझ आयोजित कार्यक्रममा बेलायतस्थित नेपाली व्यवसायी, एनआरएन यूके कार्यसमितिका पदाधिकारी तथा सल्लाहकारहरुसहित दुई दर्जनको सहभागिता थियो ।

कार्यक्रममा उद्योगपति खेतानले नेपालमा लगानीका लागि अनुकुल वातावरण छ भन्दै एनआरएनहरु डराइरहन आवश्यक नभएको बताए । उनले एनआरएनका लागि दिने भनिएको गैरआवासीय नागरिकता विभेदकारी भएको टिप्पणी गर्दै भविष्यमा एनआएनले चाहेजस्तै नागरिकताको व्यवस्था हुने विश्वास व्यक्त गरे ।

एनआरएन यूके अध्यक्ष महेन्द्र कंडेलले एनआरएनहरु नेपालमा लगानी गर्न इच्छुक भएपनि लगानीमैत्री वातावरणको सवालमा केहि आशंका अझै बांकी रहेको धारणा राखे । गैरआवासीय नागरिकताको अवधारणाले एनआरएनको भावना समेट्न नसकेको विचार उनको थियो ।

अन्तरक्रियामा रामशरण सिंखडा, विश्वआदर्श पण्डित, सुस्मा राई, शान्ति थापा, सुवास गुरुंग, महन्त श्रेष्ठ, ध्रुब केसी लगायतले आ आफना धारणासंगै खेतानलाई जिज्ञासा पनि राखेका थिए कार्यक्रमको सन्चालन एनआरएन यूके महासचिव आर के त्रिपाठीले गरेका थिए ।

कार्यक्रममा बिराज भट्ट, ठाकुर शर्मा, अर्जुन कटवाल, भगिरथ योगी, फणिन्द्र भट्टराई, जिवन सेन, दिलीप महासेठ लगायतका एनआरएनकर्मी, व्यवसायी तथा पत्रकारको उपस्थिति थियो ।