बेक्स्लि नेपाली समाजले भव्य रुपमा मनायो तिहार, भैलो खेलेर रमाए नेपालीहरु

बेक्स्लि । बेक्स्लि क्षेत्रमा रहेका नेपालीहरुको साझा संस्था बेक्स्लि नेपाली समाजले नेपालीहरुको पर्व तिहारको अवसरमा मौलिक देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ ।

तिहारको संस्कृति र परम्पराको जगेर्ना गर्ने ध्येय मात्र नभएर दोस्रो पुस्तामा समेत परम्पराको हस्तान्तरण गर्न सहयोग पुर्याउने हेतुको साथ भैलो खेलिएको समाजका जनसम्पर्क संयोजक तथा उपाध्यक्ष कमल गुरुङले बताए ।

संस्कृति र परम्परा जोगाउने कार्यक्रमा विदेशमा बसेर सहभागी हुने समाजका सदस्यहरुलाई धन्यवाद ज्ञापन गर्दै उनले नेपाली संस्कृति र परम्पराको रक्षा गर्ने यस्ता कार्यक्रमहरु वेलिङ र बेस्सीमा मात्र हुने गरिएकोमा यस वर्ष नया क्षेत्रहरु एरिथ र क्रेफोडमा पनि गर्न सफल भएको बताए ।

चाडपर्बको मौलिकतालाई जीवन्त राखि नयाँ पुस्तालाई देउसी भैलोको बारेमा जानकारी दिन आगामी दिनमा निरन्तरता दिनु पर्ने उनको भनाई थियो । देउसी भैलो कार्यक्रममा होमनाथ ज्ञवाली, अहिल्या कुवर , केदार थपलिया, हिमाल गुरुङ, नृत्यतर्फ उमा गुरुङ, हेमन्त सेढाई , हरिस ज्ञवाली, ज्योति उपाध्यायलाई समाजले धन्यवाद दिएको छ ।

त्यस्तै, देउसी भैलो कार्यक्रमलाई नेतृत्व गर्ने विन्दु गुरुङ, कार्यक्रमलाई एरिथसम्म पुर्‍याउन सहयोग गर्ने वाला प्रसाई थिए । देउसी भैलो कार्यक्रम आ आफ्नो घरमा गर्न निमन्त्रणा दिने संस्थाका अध्यक्ष आनन्द धरेल, वाला प्रसाई, पारु व्युटीपार्लर वीलिङ ग्रीन ग्रोसरीका प्रोपाइटर विदित न्यौपाने र सस्थाका सस्थापक अध्यक्ष केशबहादुर गुरुङलगायतको सहभागीतालाई संस्थाले उच्च मुल्यांकन गरेको उपाध्यक्ष गुरुङले बताए ।

संस्थाले विशुद्ध पर्वको जगेर्ना गर्नको निम्ती भैलो खेलिएको भन्दै आगामी दिनमा पनि यसप्रकारका कामहरु गर्दै जाने बताएको छ ।