शिब भण्डारी -लण्डन।गुल्मी जिल्ला समाज यूकेले विश्व अपाँग दिवसको अवसरमा आयोजना गरेको वार्षिक च्यारिटी कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। नोबम्बेर ३० तारिक आइतबार लन्डन वेलिङको सेन्ट माइकल कम्युनिटी हलमा च्यारिटी कार्यक्रम सम्पन्न गरेको हो।
समाजका अध्यक्ष रुद्र थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव महलाल घिमिरेले गरेका थिए।
गुल्मेली नौमती बाजाले स्वागत गरिएको औपचारिक उद्घाटनमा पण्डित निलहरि घिमिरेले स्वस्तिवाचन सँगै प्रमुख अतिथि बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडी,अध्यक्ष रुद्र थापा, संस्थापक अध्यक्ष ओमप्रसाद थापा र पूर्व अध्यक्षहरु अर्जुन गौतम, राम गलामी र टोप पल्ली लगायतले संयुक्त रुपमा दीप प्रज्ज्वलन गरी गरेका थिए।
कार्यक्रमकी संयोजक एवम् समाजकी उपाध्यक्ष मञ्जु भण्डारीले कबिता श्लोक बचन गर्दै उपस्थित सबैलाई स्वागत मन्तव्य स्वागत गरेकी थिइन् भने कार्यक्रमको सहसंयोजन सचिव राधा खरेलले गरेकी थिइन् ।
कार्यक्रममा प्रमुख अतिथि बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीले गुल्मी जिल्ला समाज युकेले विश्व अपाँग दिवसको अवसरमा वर्षेनी गर्दै आएको च्यारिटी कार्यक्रमबाट आफू प्रभावित भएको बताए।कार्यवाहक राजदूत दुवाडीले समाजले वर्षौं देखि फरक छेमता भएका व्यक्ति हरूको हितका लागि गर्दै आएको मानवीय सहयोगको प्रशंसा गरे ।
समाजका अध्यक्ष रुद्र थापाले कार्यक्रममा उठेका प्रस्न हरुको बिषयमा बोल्दै विश्व अपाँग दिवसको अबसरमा समाजले गरेको च्यारिटीमा संकलित रकमबाट भविष्यमा अझ व्यवस्थित तवरले सञ्चालन गर्ने योजना रहेको सुनाए ।उनले कार्यक्रम सफल पार्न भूमिका निर्वाह गर्ने सबै अतिथि, सहयोगदाता, स्वयमसेवक तथा समाजका सबै टीमलाई धन्यवाद दिए।
समाजका संस्थापक अध्यक्ष ओमप्रसाद थापा काउछाले समाज स्थापना र अपांगता दिवस च्यारिटी सुरु-आतको सन्दर्भ र पृष्ठ भूमिबारे जानकारी गराएका थिए ।
कार्यक्रममा समाजका सल्लाहकारहरु विनोद ज्ञवाली कोश्लेश्वर ढकाल, तथा एनआरएनए यूके प्रवक्ता डा कुल कंडेल, एनआरएनए इंग्ल्यान्ड राज्यकी अध्यक्ष राममाया विष्ट, पशुपतिनाथ मन्दिरका अध्यक्ष रोमनाथ पाण्डे लगायतले शुभकामना मन्तव्य राखेका थिए। उनीहरूले समाजको प्रारम्भिक यात्रादेखि वर्तमान सक्रिय सेवा भाव-सम्मको अनुभव सुनाउँदै जन्म भुमिमा रहेका अपांगता व्यक्तिहरूको सहयोग गर्ने सबै सदस्यलाई धन्यवाद व्यक्त गरे।
कार्यक्रममा गुल्मी जिल्ला समाज युकेले समाजलाई विभिन्न माध्यमबाट सहयोग गर्ने व्यक्तिहरूलाई सम्मान गरेको छ। सम्मनित हुने हरुमा समाजका संस्थापक अध्यक्ष ओमप्रसाद थापा, सल्लाहकारहरु मोती भण्डारी, चक्रबहादुर राना, मीन दर्लामी, गोविन्द खरेल, समाजसेवी व्यवसायी संगीता मगर, पत्रकार द्धय शिव भण्डारी र ध्रुवराज अर्याललाई प्रशंसा पत्रसहित सम्मान गरिएको थियो ।
कार्यक्रमको दोस्रो चरणको सांस्कृतिक कार्यक्रम सांस्कृतिक संयोजक मोडेल दीपक मैथानेले मगरले सञ्चालन गरेको सत्रमा साउण्ड सिस्टम हेम विष्टले नचाएका थिए । समाजकै निमन्त्रणमा बेलायत आएका गुल्मेली लोकदोहोरी गायक अर्जुन कुंवरले सांगीतिक प्रस्तुति दिदा अतिथि र अग्रजहरू उठेर,बसेर नाचे ।
कार्यक्रममा गायक वीरबहादुर थापाले गीत गाएर दर्शकको मन जिते। सो अवसरमा नौमती बाजा यूके गुल्मीले प्रस्तुति गरेको थियो।
अपांगता दिवसको सन्दर्भमा रेशम अर्याल र सरोज पन्थीले कविता वाचन गरेका थिए । यसै गरि सुआज्ञा केसी, जुना पुन, जेनिशा पुन, अलिशा पुन, अस्मिता मगर, विशाल तामाङ, युवराज डांगी लगायत स्थानीय कलाकारहरुले आकर्षक नृत्य देखाए । 












समाजले कार्यक्रमबाट संकलित कोषको विवरण चांडै सार्वजनिक गरिने र रकम नेपालमा आवश्यकतामा रहेका मानिसहरुलाई सहयोग गर्ने तयारी रहेको र यस अघिनै समाजले नगरपालिका प्रमुख तथा गाउँपालिका प्रमुखलाई अपांग तथा असहाय व्यक्तिको नाम सिफारिस गरी पठाइदिन अनुरोध गरी सकेको महासचिव महलाल घिमिरेले बताए ।
ग्रीनवीचस्थित माउन्टेन भ्यू रेष्टुरेन्टको स्वादिस्ट भोजन व्यवस्थापनको जिम्मा समाजका सलाहाकार रोमनाथ पाण्डेले सम्हालेका थिए।
कार्यक्रममा बेलायतस्थित विभिन्न नेपाली संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति उल्लेखनीय थियो।
सन् २००७ मा संस्थापक अध्यक्ष ओमप्रसाद थापा (काउछा)को नेतृत्वमा स्थापित गुल्मी जिल्ला समाज यूकेले परोपकारी, सामाजिक तथा शैक्षिक क्षेत्रमा दीर्घकालदेखि उल्लेखनीय योगदान गर्दै आएको छ।






