गोर्खाहरूको २००औँ वार्षिकोत्सव सम्पन्न (भिडियो र फोटो फीचर)

prince harry7

जेनी भट्टराई ,

लन्डन

गोर्खा रेजिमेन्टले बेलायती राज मुकुटको अन्तर्गत रही सेवा गरेको २०० वर्ष पुगेको उपलक्ष्यमा महारानी र राजपरिवारका अन्य सदस्यहरू सयौँ गुर्खाहरूसँग सहभागी भएका थिए |उक्त कार्यक्रममा बेलायतका लागि नेपाली कार्यवहाक राजदूत तेजबहादुर क्षेत्री सहभागी भएका थिए | लण्डनमा स्थित रोयल हस्पिटल चेल्सीको प्राङ्गणमा आयोजित सो कार्यक्रम वार्षिकोत्सव स्वरूप वर्षभरि आयोजना गरिने मध्ये एक प्रमुख कार्यक्रम हो। ब्रिगेड अफ गोर्खाजका तर्फबाट लडाइँका नाट्य रुपान्तर तथा साङ्गीतिक प्रस्तुतिले कार्यक्रममा मनोरञ्जन प्रदान गरिएको थियो।

prince harry12

कार्यक्रममा भर्खरै नेपालमा गएको विनाशकारी भूकम्पका पीडितहरूको सम्झनामा एक मिनेट मौन धारण गरिएको थियो।

महारानीसँग राजकुमार फिलिप, अनि रोयल गोर्खा राइफल्सका कर्नल-इन-चीफ – युवराज चार्ल्स र अफ्गानिस्तानमा गोर्खा बटालियनसँग सहभागी बनेका राजकुमार ह्यारी समुपस्थित थिए।
गोर्खा २०० कार्यक्रममा आमन्त्रित गन्यमान्य अतिथि मध्ये ब्रुनाइका सुल्तान पनि थिए।

‘एउटा परिवार’

यसको आयोजना गोर्खा वेलफेयर ट्रष्‍टले गरको थियो, जसले भुतपूर्व सैनिक तथा तिनका परिवारहरुलाई आर्थिक तथा चिकित्सकीय सहायता दिने गर्दछ।
गोर्खा वेलफेयर ट्रष्‍टका संरक्षक एवं वेल्सका राजकुमारले “यी अदभुत व्यक्तित्वहरु तथा तिनले यस राष्‍ट्रको लागि गरेको गौरवपूर्ण योगदानप्रति” सम्मान अर्पण गर्नुभयो
उहाँले थप्नुभयो: “गोर्खा ब्रिगेड केबल एउटा सैन्य बल मात्र नभई यो भन्दा पनि उच्च- हरेक अर्थमा- एउटा परिवार हो।

princeharry11

“हरेक परिवारमा झैं, एक अर्का प्रति विशेष गरी अत्यन्तै खाँचो परेको यस घडीमा तिनका आजीवन जिम्मेवारीहरु रहन्छन्। यसलाई परम्परागत गोर्खा सैन्यको बासस्थानभर तहस-नहस पार्दै हालै गएको भयानक भुकम्पको पहिलो धक्काले ८,००० भन्दा बढीको मृत्यु हुन पुग्यो। दोस्रो धक्काले १२ मेका दिन देशलाई क्षति पुर्‍यायो |

१४०० जना अतिथीहरुले खुल्ला-स्थानमा आयोजित कार्यक्रमको अवलोकन गर्नुभयो, जसले “गोर्खा सिपाहीको कथा” को साथमा गोर्खाको २०० वर्षे सेवालाई ऐतिहासिक रुपमा लिपिवद्ध गरेको छ।”
इतिहासविद् डान स्नो तथा नायिका जोयना लुम्ले, जसले सन् २००९ मा गोर्खाले बेलायतमा बसोबास गर्न पाउनुपर्ने मागको लागि अभियान सञ्चालन गरेका थिए – उनले पनि यसको वर्णन गर्नुभएको थियो।

महारानीलाई पनि बहादुर सैनिक तथा बहालवाला गोर्खाहरुसित परिचित गराइएको थियो र गोर्खा-पल्टनसँग सम्बन्धित ऐतिहासिक सैन्यसामग्रीको अवलोकन गराइएको थियो।
“अभूतपर्व सम्मान’

princeharry16

उक्त कार्यक्रममा महारानीको छडी बोक्नेजस्तो सम्मानजनक भूमिका गोर्खा रोयल राइफलका क्याप्टेन डिल्लीकुमार राईले पाउनुभएको थियो।
सो कार्यक्रममा महारानीको जयजयकार गुञ्जिएको थियो। उहाँले भन्नुभयो: “ मौसुफ सरकारको सेवारत रहेको २०० औं वर्षगाँठको यस पावन अवसरमा गोर्खा भएर सेवा गर्न पाएकोमा म अत्यन्तै गौरवान्वित भएको छु तथा महारानी सरकार स्वयंको सम्मुपस्थिति आफैँमा एउटा अभुतपुर्व सम्मान भएको ठानेको बताउनु भयो |

 

फोटो सौजन्य: बीबीसी लन्डन