लन्डन । बुद्धिस्ट कम्युनिटी सेन्टर (बीसीसी) युके लन्डन ब्रान्चद्वारा आयोजित “च्यारिटी डिनर नाइट–२०२५” शनिबार लन्डनको फेल्थाम एसेम्ब्ली हलमा सम्पन्न भएको छ।
सामाजिक भवन (गुम्बा) परियोजना सहयोगार्थ च्यारिटी डिनर कार्यक्रम भएको हो ।
सामाजिक भवन (गुम्बा) परियोजना सहयोगार्थ च्यारिटी डिनर कार्यक्रम भएको हो ।
बीसीसी लन्डनका अध्यक्ष गोपाल तामाङको अध्यक्षतामा भएको कार्यक्रममा कोअर्डिनेटर इश्वर गुरुङले स्वागत मन्तव्य राखेका थिए ।कार्यक्रमको प्रमुख अतिथि हाउन्स्लो काउन्सिलकी मेयर एमी क्रफ्ट रहेकी थिइन्।

हेलिसा गुरुङ र सुन्दरी तामाङले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि मेयर क्रफ्ट, अध्यक्ष गोपाल तामाङ, आमा समूह अध्यक्ष दिलमाया गुरुङ, खेनपो वाङ्चुक दोर्जी, बीसीसी यूकेका अध्यक्ष आङ्दावा शेर्पा, तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ र कोअर्डिनेटर इश्वर गुरुङले संयुक्त रूपमा दीप प्रज्वलन गर्दै कार्यक्रम उद्घाटन गरेका थिए।हेलिसा गुरुङ र बिनु गुरुङले स्वागत नृत्य प्रस्तुत गरेका थिए।
काउन्सिलर विष्णु गुरुङ, काउन्सिलर लाछ्य गुरुङ, तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, बीसीसी यूकेका संस्थापक अध्यक्ष काजी शेर्पा, बीसीसी यूकेका अध्यक्ष आङ्दावा शेर्पा, बिसीसी युकेका प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङ, बीसीसी यूकेका निवर्तमान अध्यक्ष हर्क गुरुङ, बीसीसी यूकेका आमा प्रमुख जगना गुरुङ, ह्योल्मो समाज यूकेका अध्यक्ष पेमा लामा, मेन लामा खेनपो वाङ्चुक, बीसीसी लन्डनका संस्थापक अध्यक्ष गमरसिं गुरुङ, सिनियर एडभाइजर नारायण गुरुङ बीईएम सहित विभिन्न संघसंस्थाका अध्यक्ष, पूर्वअध्यक्ष तथा प्रतिनिधिहरू अतिथिका रूपमा उपस्थित थिए ।
बीसीसी यूकेका धर्मगुरुहरूसहित जम्बो टिम र अन्य शुभचिन्तकहरूको पनि बाक्लो उपस्थिति रहेको थियो ।
बीसीसी यूकेका धर्मगुरुहरूसहित जम्बो टिम र अन्य शुभचिन्तकहरूको पनि बाक्लो उपस्थिति रहेको थियो ।
प्रमुख अतिथि क्रफ्ट, काउन्सिलर विष्णु गुरुङ, काउन्सिलर लाछ्य गुरुङ, तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, बीसीसी यूकेका संस्थापक अध्यक्ष काजी शेर्पा, बीसीसी यूकेका अध्यक्ष आङ्दावा शेर्पा, बीसीसी यूकेको निवर्तमान अध्यक्ष हर्क गुरुङले शुभकामना मन्तव्य राखेका थिए।

ट्रस्टी तथा दाताहरूलाई प्रमाणपत्रसहित खादाले स्वागत तथा सम्मान गरिएको थियो ।
स्थापनादेखि हालसम्म बीसीसी लन्डनलाई योगदान पुर्याउने व्यक्तित्वहरूलाई प्रसंशापत्र प्रदान गरिएको थियो।
स्थापनादेखि हालसम्म बीसीसी लन्डनलाई योगदान पुर्याउने व्यक्तित्वहरूलाई प्रसंशापत्र प्रदान गरिएको थियो।
समाजसेवी कामीबहादुर गुरुङले १ हजार ५०० पाउन्ड शाक्यमुनि बुद्धको मूर्तिमा दानसमेत गरेका थिए । ले. नारायण गुरुङ बीईएम र देव गुरुङले अक्सन गराएर गुम्बालाई सहयोग जुटाएका थिए । कार्यक्रममा आकर्षक पुरस्कार सहितको (राफल ड्र) देवकला गुरुङ र शर्मिला तामाङले गराएका थिए ।
बीसीसी लन्डनका अध्यक्ष गोपाल तामाङले च्यारिटी डिनर नाइटलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण समुदाय, दातृ हातहरू प्रतिको आभार व्यक्त गर्दै धन्यवाद दिएका थिए ।
बीसीसी लन्डनका अध्यक्ष गोपाल तामाङले च्यारिटी डिनर नाइटलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण समुदाय, दातृ हातहरू प्रतिको आभार व्यक्त गर्दै धन्यवाद दिएका थिए ।
सन् २०१५ मा स्थापना भएको बीसीसी युके लन्डन ब्रान्चले प्रवासी नेपाली बौद्ध समुदायबीच धार्मिक, सांस्कृतिक तथा सामाजिक एकता मजबुत बनाउँदै आएको छ।






