गाविस गाभ्ने सरकारी योजना, गाभिनेलाई २ करोडसम्म बजेट

काठमाण्डौ, २९ असार । संघियता सहितको नयाँ संबिधान जारी गर्ने तैयारी भईरहँदा सरकारले गाउँ विकास समितिलाई गाभ्ने योजना ल्याएको छ । अर्थमन्त्री डा. रामशरण महतले मंगलबार आगामी आर्थिक वर्षका लागि बजेट पस्तुत गर्दै यस्तो योजना ल्याएका हुन ।
सरकारी योजना अनुसार पाँचवर्षभित्र एक आपसमा गाभिने गाविसहरुलाई आकर्षक रकम दिने योजना छ । योजना अनुसार दुई गाविस एक आपसमा गाभिएमा ५० लाख बजेट दिईने छ । त्यसैगरी तीनवटा गाविसहरु गाभिएमा १ करोड र चारवटा गाविसहरु गाभिएमा १ करोड ५० लाख रकम दिईने अर्थमन्त्रीले बताए । पाँच वटा गाविस गाभिएमा भने २ करोड बजेट दिईने बजेटमा उल्लेख छ ।
देश संघियतामा जान लागेको अवस्थामा हचुवाको भरमा ल्याईएको यो कार्यक्रम संघियताको मर्म विपरीत रहेको विज्ञहरुको तर्क छ ।