काठमाण्डौ, २९ असार । सरकारले यूवालाई संस्कार सिकाउने तालिम दिने भएको छ । यूवालाई संस्कारयुक्त नागरीक बनाउनका लागि राष्ट्रिय सेवा दलमा सहभागी गराई तालिम दिने भएको हो ।
अर्थमन्त्री डा रामशरण महतले आर्थिक वर्ष २०७२÷०७३ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन । त्यसका लागि आगामी आर्थिक वर्षमा २ हजार यूवालाई तालिम दिईने महतले बताए ।
त्यसैगरी स्काउट तालिमलाई प्रभावकारी बनाई स्काउटहरु उत्पादनको संख्या बढाउने सरकारले बताएको छ । यस्तै विद्यालयमा नागरीक शिक्षा अनिवार्य गरीने कार्यक्रम पनि सरकारले ल्याएको छ ।
सरकारले यूवालाई संस्कार सिकाउने तालिम दिने






