लिस्बन ,
बिश्वव्यापी महामारीको रुपमा सुरु भएको कोरोना भाईरसले गर्दा संसारका लगभग २१० देशको जनजिवन कष्टकर बन्दै गएको छ । यहि महाव्याधिबाट भोलिका दिनमा पोर्चुगलमा रहेका नेपालीमा पर्न सक्ने असर र चुनौतिबाट कसरी डिफेन्ड गर्ने भन्ने उदेश्यले कोरोना राहत तथा जनचेतना समिति गठन भएको छ ।
कोरोना राहत तथा जनचेतना समितिले नौवटा उपसमिति गठन गरेको छ ।उक्त समिति मध्ये लक्ष्मीप्रसाद सापकोटाको संयोजकत्वमा गठित आर्थिक संकलन समितिले सहयोग उठाउन सुरु गरेको छ । उक्त अभियान सुरु भएको पहिलो दिनमै करिव १२०० युरो खातामा जम्मा भएको छ।
यस आपतकालिन स्थितिमा सहयोग गर्न ईच्छुक सहयोगी मनले Laxmi prasad sapkota,Banco BPI , IBAN:PT50001000003892128000122 मा ट्रान्स्फर गरि स्लिप वा फोटो इनबक्समा पठाइदिन सामाजिक संजाल फेसबुक मार्फत सापकोटाले आग्रह गरेका छन् । त्यस्तै संयोजक सापकोटाले पोर्चुगलमा रहेका सम्पुर्ण नेपालीहरुलाई यस आपतकालिन राहत कोषमा सहयोग गर्न अनुरोध गरेका छन् ।






