वेस्टर्न सिड्नी स्पोर्ट्स क्लबले बालबालिकाको दोस्रो फुटबल प्रतियोगिता गर्दै

सिड्नी। वेस्टर्न सिड्नी स्पोर्ट्स क्लबले दोस्रो बालबालिकाको फुटबल प्रतियोगिता २० सेप्टेम्बर  शनिबार आयोजना गर्ने भएको छ। यस प्रतियोगिताले न्यू साउथ वेल्स राज्यभरिका युवा खेलाडीलाई एकै स्थानमा ल्याउने लक्ष्य लिएको छ।

प्रतियोगिताले खेलकुदसँगै बालबालिकामा आत्मविश्वास, अनुशासन र जीवन–कौशल विकासमा योगदान पुर्‍याउने विश्वास लिइएको छ। विशेषगरी नेपाली समुदायका बालबालिकालाई आफ्ना क्षमता प्रदर्शन गर्ने अवसर उपलब्ध हुने अपेक्षा गरिएको छ। यस पटकको प्रतियोगितामा सिभिल होम्स अष्ट्रेलिया प्रमुख प्रायोजक रहेको छ भने, नेपाली फुटबल संघ अष्ट्रेलियाले औपचारिक समर्थन जनाएको छ।

प्रतियोगितामा प्रतिस्पर्धात्मक खेलसँगै मनोरञ्जनात्मक कार्यक्रम, परिवारमैत्री गतिविधि र सबै उमेरका लागि रमाइलो हुने आयोजकले जनाएका छन्। पहिलो प्रतियोगिताको सफलतापछि यस पटक अझ ठूलो सहभागिता हुने अनुमान गरिएको छ।