सिड्नी । नेपाली समुदायको सामाजिक सेवा र सामुदायिक एकतामा सक्रिय Nepalese Australian Welfare Society (NAWS) को २७औँ वार्षिक साधारणसभा (AGM) सम्पन्न भएको छ। Auburnस्थित Grand Palace Function Centre मा शुक्रबार, १८ सेप्टेम्बरमा आयोजित सभाले भुवन पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो। सोही अवसरमा संस्थाको २७औँ वार्षिकोत्सव पनि मनाइएको थियो।
नवनिर्वाचित अध्यक्ष भुवन पाण्डेले NAWS को लामो संस्थागत यात्रालाई निरन्तरता दिँदै नयाँ पुस्ताको सहभागिता बढाउने तथा सामाजिक सेवा, युवा, खेलकुद, संस्कृति र समुदायका आवश्यकतामा आधारित कार्यक्रमलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे। उनले पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जालाई जोडेर संस्थालाई अघि बढाउने बताए।
निवर्तमान अध्यक्ष तथा संरक्षक चिरञ्जीवी तिवारीले NAWS को २७ वर्षको यात्रा नेपाली समुदायको सामूहिक प्रयासको परिणाम भएको उल्लेख गर्दै संस्थाको उद्देश्य र सामाजिक सेवाको भावनालाई निरन्तरता दिनुपर्नेमा जोड दिए। उनले संस्थाको स्थापना र विकासमा योगदान पुर्याउने संस्थापक, पूर्वपदाधिकारी, सदस्य तथा शुभेच्छुकप्रति आभार व्यक्त गरे।
वार्षिकोत्सव तथा AGM मा संघीय सांसद Ash Ambihaipahar, Julia Finn MP, Granville Councillor Steve Christou लगायतको उपस्थिति रहेको थियो। अतिथिहरूले अस्ट्रेलियाली समाजमा नेपाली समुदायले पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै नयाँ नेतृत्वलाई शुभकामना दिएका थिए। कार्यक्रममा Auburn Police Area Command का प्रतिनिधिको समेत उपस्थिति थियो।
कार्यक्रममा NSW का पूर्व कन्सुलर तथा NAWS का पूर्व अध्यक्षहरू सञ्जीव शर्मा र विनोद शर्मा, पूर्व अध्यक्ष अरुण तामाङ, संस्थापक उपाध्यक्ष बद्री अर्याल, NRNA अष्ट्रेलियाका पूर्व अध्यक्ष नन्दु गुरुङ, समाजसेवी तथा व्यवसायी रञ्जु वाग्ले थापा, NSW State Coordinator उषा किरण बरिया पोखरेल, NRNA NSW SCC सचिव प्रताप पन्थीलगायत नेपाली समुदायका विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सामाजिक अभियन्ताहरू सहभागी थिए।उपस्थित वक्ताहरूले NAWS ले सामाजिक सेवा, विपद्का समयमा सहयोग तथा समुदायलाई जोड्ने कार्यमा पुर्याउँदै आएको योगदानको चर्चा गर्दै संस्थाको नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिएका थिए।
Australian Nepalese Journalists Association (ANJA) का अध्यक्ष कृष्ण तिवारीले NAWS को २७ वर्षे यात्राको चर्चा गर्दै नेपाली संघसंस्था र सञ्चार क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए। ANJA का संस्थापक पूर्वअध्यक्ष हेमन्त काफ्लेले पनि नयाँ कार्यसमितिलाई शुभकामना दिँदै पारदर्शिता, सहकार्य र सामुदायिक एकतामा जोड दिए। ANJA का सल्लाहकार डा. राजु मानन्धरलगायतको पनि कार्यक्रममा उपस्थिति थियो।कार्यक्रममा नेपाली बालबालिकाको प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले Kids Talent Awards समेत प्रदान गरिएको थियो। विभिन्न क्षेत्रमा प्रतिभा देखाएका बालबालिकालाई सम्मान तथा पुरस्कार प्रदान गरिनुका साथै उनीहरूले आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए।
नयाँ कार्यसमिति
AGM बाट वरिष्ठ उपाध्यक्ष तथा खेलकुद संयोजकमा बैकुण्ठ डंगोल, उपाध्यक्षद्वय शर्मिला लुइँटेल र सुशील शर्मा, महासचिव उत्सव अर्याल, सहसचिव विकास तामाङ, कोषाध्यक्ष विशाल पन्थी, मिडिया संयोजक कृष्ण तिवारी, कार्यक्रम संयोजक लक्ष्मण बेलबासे, विभागीय कार्यक्रम संयोजक सन्तोष शर्मा र आईटी संयोजक नवीन सिंह चयन भएका छन्।
कार्यसमिति सदस्यमा सञ्जय श्रेष्ठ, सदिना श्रेष्ठ, सुभाष हमाल, पुष्कल क्षेत्री, सूर्यतम दाहाल, उत्सव पन्त, अभिनव पाण्डे, अम्बिका खनाल तिवारी, पविता सुवेदी र संयोग गौतम चयन भएका छन्।
त्यस्तै, सल्लाहकारमा सञ्जीव शर्मा, विनोद शर्मा, अरुण तामाङ, हेमन्त काफ्ले, बद्री अर्याल, उमेश पन्त, डा. राजु मानन्धर, विष्णु हमाल, ANFA अध्यक्ष विजय राउत, नन्द गुरुङ, रञ्जु थापा, कल्याण खड्का, मनजीत घिमिरे र टी.एन. अर्याल रहेका छन्।
NAWS ले २७ वर्षदेखि नेपाली समुदायका सामाजिक तथा सामुदायिक गतिविधिमा निरन्तर योगदान दिँदै आएको छ। नयाँ नेतृत्वले आगामी कार्यकालमा सामाजिक सेवा, युवा तथा खेलकुद, सांस्कृतिक संरक्षण, विपद् सहयोग र सामुदायिक सहकार्यलाई प्राथमिकतामा राख्ने जनाएको छ।
वार्षिकोत्सवकै अवसरमा नेपालमा बाढीबाट प्रभावितहरूका लागि राहत रकम संकलन गरिएको थियो। संकलित रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने जानकारी दिइएको छ।






