एनआरएन यूक़े स्कट्ल्याण्डबाट केन्द्रिय उपाध्यक्षमा लडेका शशी कार्की पछि हटे भन्ने भ्रम फैलाइयो ?

लण्डन । गैर आवासीय नेपाली संघ एनआरएनए युकेको स्कट्ल्याण्डको तर्फबाट उपाध्यक्ष पदमा शशी कार्की चुनाबी मैदानमा छन् ।निर्वाचनको पूर्व सन्ध्यामा उपाध्यक्ष पदका उम्मेदवार कार्कीले आफूलाई मत दिन अपिल गरेका छन् ।

बेलायत स्थित सामाजिक अभियन्ता  कार्की
केन्द्रिय उपाध्यक्षमा लडेका हुन् तर आज चुनाबको दिन आएका उनि पछि हटे भन्ने भ्रम फैलाइयो भन्ने हल्ला सुनेको बताए ,आफु चुनाबी मैदानमै रहेको र भ्रममा नपरी मतदान गर्न कार्कीले अपिल गरेका छन् ।

लामो समयदेखि बेलायतमा बसोवास गर्दे आइरहेका कार्की बिदेशमा रहेर पनि बिभिन्न सामाजिक कार्यमा संलग्न रहेका छन् । एकतावद्ध र एउटै एनआरएनए, नेपाली नागरिकताको निरन्तरता, नेपालमा रहेको सम्पत्तिको सुरक्षा, भूतपूर्व ब्रिटिश गोर्खाजको लडाईंमा ऐेक्यवद्धता, एनआरएनएमा नयाँ पुस्ताको सहभागिताका साथै नेपाली कला, साहित्य र संस्कृतिको संवद्र्धन एवं प्रवर्धन बिषय उनले आफ्ना चुनावी मुद्दा रहेको बताएका छन् ।

यसैगरी उनले बेलायतमा रहेका र त्यहाँ पुग्ने नेपाली विद्यार्थी र कामदारहरुको अधिकारका बिषय पनि आफ्नो चुनावी एजेण्डा बनाएका छन् । बिदेशमा रहेका नेपालीहरुले भोग्नु परिरहेका बिभिन्न समस्याहरु सबैका साझा समस्या भएका र त्यसलाई समाधान गर्न सबैको साथ र सहयोगको आवश्यकता रहेको कार्कीले बताएका छन् ।

एनआरएनएलाई एक मर्यादित र सामाजिक संस्थाको रुपमा विकास गर्न आफू प्रतिवद्ध रहेको पनि कार्कीको भनाई छ । यसैगरी एनआरएनए युकेभित्र कानून र नैतिक सिद्धान्त अनुकुल विधिविधान भित्र रहेर काम होस् भन्नका लागि पनि आफूले उम्मेदवारी दिएको कार्कीले बताए ।कार्की अहिले एनआरएन युेकेको केन्द्रीय सदस्य छन्।

एनआरएनए यूके निर्वाचन जुलाई २६ तारिख शनिबार अनलाइन माध्यमबाट हुंदैछ । भोलिपल्ट २७ जुलाईमा अधिवेशन तथा निर्वाचित कार्यसमितिको घोषणासभा हुने कार्यक्रम छ ।