एनआरएनए यूकेको अध्यक्षमा राजेन्द्र पुडासैनी विजयी

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको अध्यक्षमा राजेन्द्र पुडासैनी निर्वाचित भएका छन्। आगामी कार्यकालका लागि शनिबार सम्पन्न निर्वाचनमा पुडासैनीले १४८२ मत प्राप्त गर्दै विजयी भएका हुन्।

उनका निकटतम प्रतिस्पर्धी गोविन्द खरेलले ९७९ मत प्राप्त गरे भने अर्का उम्मेदवार मनिष खरेलले ४९६ मत प्राप्त गरे।

खुला उपाध्यक्षमा उज्ज्वल कार्कीले १८८४ र डा रक्षा थापाले  १७२७ मत पाएर विजयी भए । शम्भु अर्याल र ज्ञानेन्द्र आलेले  क्रमश: ११९६ र ९६१ मत पाएर उपविजेता बने ।

स्कटल्यान्डबाट प्रतिनिधित्व गर्ने उपाध्यक्षमा रामप्रसाद कंडेल    १६०८ प्राप्त गर्दै विजयी बने ।  शशी कार्की ११७४ मतसहित उपविजेता बने ।

महासचिवमा विजयी दिवाकर पाण्डेले १६६० मत पाए भने उपविजेता  पुण्य  रेग्मीले १२०१ पाए ।

खुला सचिवमा डिएन खराल १८७९ र कृष्ण देवकोटा २३०९ मतसहित विजयी बने भने भूपाल कार्की १३५६ मतसहित उपविजेता बने ।

आइसीसी सदस्यमा विष्णु खरेल २३२५, तुंगभद्र भुषाल २२०७ र छविलाल अर्याल २०१५ मत ल्याएर विजयी भए । देउमान इजम १८५३ मत ल्याएर उपविजेता बने ।

इंग्ल्यान्ड राज्य परिषद अध्यक्षमा राममाया विष्ट थापाले १०६९ मत पाएर विजयी हुँदा अहिल्या कुंवर ३ सय ४४ मतसहित उपविजेता बनिन् ।