परपुरुषलाई फ्लाइङ किस गरेको भन्दै श्रीमतीको हत्या

knp-murder_1436471117_483731146
उत्तर प्रदेश: परपुरुषलाई फ्लाइङ किस गरेको भन्दै एक पुजारीले श्रीमतीको हत्या गरेका छन् । घटना भारतको उत्तर प्रदेश स्थित कानपुरको हो ।

प्रहरीका अनुसार उनले श्रीमतीको कैची प्रहार गरेर हत्या गरेका हुन् । हत्या १५ दिनअघिको भएपनि शुक्रबार मात्रै प्रहरीले घटना सार्बजनिक गरेको हो ।

कानपुरको गोविन्दनगर इलाकामा बस्दै आएका पुजारी शिव प्रकाशले छिमेकी एक युवकसँग श्रीमतीको सम्बन्ध रहेको आशंकामा हत्या गरेको प्रहरीलाई बयान दिएका छन् ।

प्रहरीका अनुसार श्रीमतीले छिमेकी युवकलाई फ्लाइङ किस गरेको पुजारीले देखेका थिए । श्रीमतीको त्यस्तो व्यवहार देखेर आक्रोशमा कैचीले घोपेर हत्या स्विकारेको समाचारमा जनाइएको छ ।