लण्डनमा एक नेपाली सहित २५ बिदेशी पक्राउ

nailप्रमिला ,
लण्डन | इस्कटल्यान्डमा होम अफिसले गरेको छापामा दर्जनौं गैरकानुनी रूपमा काम गर्ने बिउटिसियनहरु पक्राउ परेका छन्। शुक्रबार गरिएको उक्त छापामा २६ जना बिदेशी समातिएका थिए। सेन्ट्रल बेल्ट स्थित एक नेल बारमा काम गर्ने सबै जसो भेत्नामिजहरु थिए भने एक नेपाली महिला रहेको जो इडन्ब्राको सलोनमा काम गर्ने गर्थिन।

एक २६ बर्षकि महिला इस्टाथावेन बाट र २४ बर्षका एक ब्यक्ति ग्लासगो बाट समातिएका थिए र दुबै भेत्नाम बाट हुन्। उनिहरुलाई आफ्नो देश पठाउनको लागि समतेर रखिएको छ। बाकीलाई भने होम अफिस मा रिपोर्ट गर्ने सर्तमा छोडीएको छ।

यदि काम्दारले सबै प्रक्रिया पुर्याएर काम दीएको प्रमाण दिन नसके २०००० पाउन्ड जरिवाना तिर्नुपर्ने छ।नेल बारको लागि लाइसनको जरुरत नपर्ने भएकाले गैर कानुनी रूपमा काम गर्नेलाई सजिलो भएको छ।

इमिग्रेसन मन्त्री जेम्स ब्रोकेन्साइरका अनुसार गैरकानुनी रूपमा काम गर्ने काम्दारको लागि युकेमा स्थान नभएको र प्रहरीको सहायताले उनिहरुलाई जरैदेखि हटाइने जानकारी दिनुभयो। गैरकानुनी रूपमा काम गर्ने ब्यक्तिका कारण सहि तरिकाले काम र ब्यापार गर्ने ब्यक्तिलाई असर पर्न जानुकसाथै समुदायका अति संबेदनसिल ब्यक्ति शोसनको सिकार हुन सक्ने आसन्का जनमानसमा परेको छ |