लन्डन । गैर आवासीय नेपाली संघ, बेलायतको सेप्टेम्बरमा हुने निर्वाचनमा अध्यक्ष पदका लागि तस्वीर लामाले उम्मेदवारी दिने घोषणा गरेका छन्
आदरणीय दाजुभाई दिदी बहिनीहरु,
गैर आवासीय नेपालीको कल्याणकारी कामका लागि गर्न सकिने धेरै छन्, त्यसका लागि आर्थिक सवलतामात्र भन्दा पनि इच्छाशक्ति आवश्यक हुने मेरो ठम्याइ छ’
नेपाली जनमानस बिच भातृत्व र एकता कायम गरी बिदेशमा रहेका नेपालीहरुको समस्या हल गर्न एन आर एन बिगत दस बर्ष दखी यहां बेलायतमा कार्यरत रहेको सर्वबिद्धतै छ एन आर एन सबैको साझा हुनुपर्ने गरी संस्थागतरुले नेतृत्व अगाडी बढाउनु पर्ने आम बेलायत स्थित नेपाली जनमानस र यस्का सदस्यहरुले माग गरी रहेको बेला संस्थाको अधिवेसन पश्चात आउने कार्य समितीको नेतृत्व चयन प्रजातान्त्रिक र पारदर्शी हुनु पर्ने हुन्छ । जुन यहां बेलयतमा बिगत केहि बर्ष देखी हुन सकेन । एन आर एन केवल ब्यपारीहरुको मात्र हो की भनि सर्वत्र सर्व साधारणले आवाज उठाई रहेको बेला यसलाई सबनेपालीहरुको हो भन्ने आवाजकासाथ बिश्वास जित्नु पर्ने अवस्था छ । ताकी हामी एकवद्ध भई नेपालीहरुको समस्या यहां स्थित बेलायतमा हल गर्न सक्दछौं र नेपाललाई समेत केहि दिन सक्दछौं । आउंदो एनआरएन यूकेको 6th अधिवेसन भब्यताकासाथ उर्जा प्रदान गर्दै संपन्न गर्न हमीले नेपाली जनमानसलाई सदस्य बनिदिन र नयां सदस्यता नबिकरण गराइदिन अब्हान समेत सर्वत्र गरेका थियौं । आउदो 6th अधिवेसन पश्चात बनिने कार्यसमिती चयनको लागी मैले अध्यक्ष पदमा उमेदवारी घोषणा पनि गरी सकेको सर्वबिदितै छ
So,please vote and elect me for the post of president.My declaration with agendas are as follows.
एकपटकको नेपाली नागरिक सदाको लागि नेपाली नागरिक’ भन्ने मागको साथ दोहोरो नागरिकता प्राप्ती र विदेशमा रहेका नेपालीहरुले मतदान गर्न पाउने नैसिर्गक अधिकारको व्यवस्था गर्न माग गर्दछु
Ex-Nepalese British Gurkhas कोमाग र आन्दोलनमा सहभागिता जनाउने प्रतिवद्धता जाहेर गर्दछु
गोर्खा आर्मीका हक हितका सवाल लागि विषयमा जोडदार रुपले अगाडी बढ्नेछु। यसमा अन्य भुपु गोर्खाहरुसंघ आबद्ध संघसंस्थाहरुसंग सहकार्य गर्ने प्रण पनि गर्दछु।
बेलायतमा रहेका नेपालीहरुलाई निःशुल्क कानूनी सल्लाहको प्रवन्ध गर्ने र सूचना केन्द्र स्थापना गरि नव आगन्तुकहरुलाई बढि भन्दा बढि सुचना प्रदान गर्ने कार्यलाई प्राथमिकतामा दिनेछु।
बेलायत भित्र रहेका नेपाली समाजसंग सहकार्य गर्दै हातेमालो गर्दै नेपालको भाषा, कला, संस्कृति, पहिचान स्थापित गर्ने प्रतिवद्धता जाहेर गर्दछु।
I will try to coordinate for collective investment in Nepal.
केहि सिक्न, सिकाउन, ‘देख हेर सिक’ कार्यक्रम बनाई नियमित रुपमा बेलायतमा सेमिनर, प्रवचन र गोष्ठीका कार्यक्रम संचालन गर्ने प्रतिवद्धता जाहेर गर्दछु।
एकता, संवाद, छलफल कायम गरी सामाजिक र राजनैतिक रुपान्तरण गर्नसक्ने हुनाले एकवद्धताको लागि प्रतिवद्धता जाहेर गर्दछु
बेलायत भित्र रहेका नेपाली समाजसंग सहकार्य गर्दै हातेमालो गर्दै नेपालको भाषा, कला, संस्कृति, पहिचान स्थापित गर्ने प्रतिवद्धता जाहेर गर्दछु
यहाँ भएका नेपाली, विदेशी र दातृ संस्थालाई नेपाल विकासका लागि लगानी गर्न पहल नेपालको आर्थिक वृद्धिदर उच्च बनाउन नेपालमा पनि विदेशी लगानीलाई प्रोत्साहित गर्नेछु।
नेपालको आर्थिक वृद्धिदर उच्च बनाउन नेपालमा पनि विदेशी लगानीलाई प्रोत्साहित गर्नेछु।
पछिल्लो समय आएका अप्रवासी, विद्यार्थीहको सुख, दुखमा सक्दो साथ दिने प्रतिवद्धता जाहेर गर्दछु।
बेलायतमा बसी अंग्रेजी भाषा बोल्न कठिनाई भोग्नुभएका बृद्ध बाबा आमाहरुको सहयोगार्थ एनआरएनए युकेको पहलमा हेल्थ अवेरनेश सिविर सञ्चालन गरी यथोचित स्वास्थ्य सेवा पु¥याउने बचनबद्धता व्यक्त गर्दछु। नेपाल अधिराज्यको अब बनिने संविधानले अल्पसंख्यक, आदिवासी, जनजाति, भाषाभाषी, भूगोल, सिमाना, दलित, कमैया, महिला, स्वतन्त्र पहिचान समेत सांस्कृतिक, कलालाई पहिचान दिने गरी साझा राज्य विविधता विच एकताको सिद्धान्त अवलम्बन गरी नयां नेपाल निर्माण गर्नुपर्ने प्रविद्धता जाहेर गर्दछु।
नेपालको राष्ट्रियता, प्रजातन्त्र, समाजवाद, मौलिक स्वतन्त्रता र मानवअधिकारको लागि प्रतिवद्धता जाहेर गर्दछु ।







![11717069_10204554727057005_1412065290_n[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2015/07/11717069_10204554727057005_1412065290_n1-150x150.jpg)