ब्रिटेन नेपाल चेम्वर अफ कमर्समा पुनः कँडेल

BNCCलन्डन- ब्रिटेन नेपाल चेम्वर अफ कमर्स (बीएनसीसी) मा पुनः राजन कँडेन अध्यक्ष निर्वाचित भएका छन् ।

बिहीबार सम्पन्न साधारणसभाले कँडेलको नेतृत्वमा सात सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो । कँडेल बीएनसीसीमा दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका हुन् ।

साधारणसभाले दुई वर्षे कार्यकालका लागि उपाध्यक्षद्वयमा प्रशान्त कुँवर र आलन मर्सल सन्का, कोषाध्यक्षमा ईन्द्र गिरी र कार्यसमिति सदस्यहरुमा विराज भट्ट, एस वर्मा र नदिया विलिएम्स निर्वाचित भएका छन् ।

बीएनसीसीको प्रमुख कार्यकारीमा रिचर्ड पेली पुनः नियुक्त भएका छन् ।