सिड्नी । अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा रहेको नेपाली वाणिज्य दूतावास कार्यालयको औपचारिक उद्घाटन गरिएको छ । अस्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवले एक कार्यक्रमकाबीच कार्यालयको समुद्घाटन गरेकी हुन् । अवसरमा यादवलाई औपचारिक स्वागत समेत गरिएको थियो । वाणिज्य दूतावासको कार्यालय समुद्घाटन समारोहमा बोल्दै राजदूत यादवले आफु नेपालीहरुको हक हीत र अधिकारका लागि सदैव कटिबद्ध रहने प्रतिबद्धता व्यक्त गरिन् ।

उनले कार्यालयको समुद्घाटन संगै सेवा प्रवाहमा सहज हुने भन्दै नेपालीहरुको पहिचान स्थापित गर्दै लामो ईतिहासलाई अझै थप मजबुत बनाउने पक्षमा आफु सदैव लाग्ने बताईन् । उनले दूतावासबाट हुने सेवालाई कसरी सहज र सरल बनाउन सकिन्छ र द्धिदेशीय सम्बन्ध सुधारका विषयमा सदैव सकारात्मक रहने प्रतिबद्धता जनाईन् । कार्यक्रममा बोल्दै एनएसडब्ल्यूका वाणिज्यदूत सञ्जिव शर्माले कार्यालय भवनको समुद्घाटनसंगै सेवा प्रवाहमा पनि सहजता थपिएको बताए । उनले सेवालाई चुस्त र दुरस्त बनाउन समेत मद्धत पुग्ने विश्वास व्यक्त गरे ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले दूतावास र एनआरएनएको सहकार्य सदैव रहने बताए । कार्यक्रममा नेपाली कांग्रेसका नेता बल बहादुर केसी तथा विश्व हिन्दु महासंघकी उपाध्यक्ष ज्योत्सना साउद, अगुवा नारायण प्रधान, बिष्णु हमाल, सम्राट खड्का, आदित्य राउत लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । वाणिज्य दूतावासको नयाँ कार्यालय भवन निर्माणसंगै सेवा प्रवाह र प्रशाशनिक कामकाजका लागि सहज हुने विश्वास व्यक्त गरिएको छ ।पूर्व महावाणिज्यदूत दिपक खड्काले सेवालाई अझै सरल बनाउँदै कार्यालय भवनको भरपुर उपयोग गर्न आग्रह गरे ।
एन्जाका अध्यक्ष चिरञ्जिवी देवकोटाले राजदूत यादव नेपाली राजनीतिबाट खारिएको र अनुभवनी व्यक्ति भएकाले कुरा मात्रै भन्दा पनि परिणाम नै निकाल्ने गरी काम गर्न आग्रह गर्दै यो वा त्यो बाहानाका निम्ति छुट नभएको बताए ।
एन्जाका अध्यक्ष चिरञ्जिवी देवकोटाले राजदूत यादव नेपाली राजनीतिबाट खारिएको र अनुभवनी व्यक्ति भएकाले कुरा मात्रै भन्दा पनि परिणाम नै निकाल्ने गरी काम गर्न आग्रह गर्दै यो वा त्यो बाहानाका निम्ति छुट नभएको बताए ।
कार्यक्रममा एनआरएनएका पूर्वअध्यक्षहरु , विभिन्न जातीय संगठनका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रमुख एवं , सामाजिक अगुवा, पत्रकार, नेपाली समुदायका विभिन्न व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो ।






