लन्डन- गण्डकी प्रदेश सभाकी सांसद सरस्वती गुरुङ र तमुधीं नेपालका अध्यक्ष हुम गुरुडंलाई तमुधीं लन्डन इकाईले विशेष कार्यक्रमको आयोजना गरी स्वागत तथा सम्मान गरेको छ।
गण्डकी प्रदेशका सांसद माननीय सरस्वती गुरुड•र तमुधीं नेपालका अध्यक्ष हुम गुरुडंलाई भब्य स्वागत सहित अभिनन्दन!
२७ जनवरी सोमबार लण्डन साऊथ ह्ययारो गोल्डेनसिप नेपाली रेष्टुरांमा स्वागत कार्यक्रमको आयोजना गरि तमुधीं लण्डन इकाईले,स्वागत भेट र अभिवादन सहितको कार्यक्रममा भब्य स्वागत र ऊच्च सम्मानको साथ अभिन्नदन गरेको थियो।आफ्नो जीवनको अमूल्यवान समय समाज, समुदय र सिंगो राष्ट्र अनि नागरिकको सेवामा समर्पित भई समपर्ण गर्नु भएको अतुलनिय योगदानको ऊच्च मूल्याडंकन र कदर गर्दै गण्डकी प्रदेशका सांसद माननीय सरस्वती गुरुड•लाई तमुधीं लण्डन इकाई परिवारको तरफबाट स-धन्यवाद ऊच्च सम्मानको साथ संस्थागत अभिनन्दन गरेको थियो।
त्यसै गरि कर्यक्रमका बिशेष अथिति,तमुधीं नेपालका अध्यक्ष एवं कास्की आवाज राष्ट्रिय दैनिकका प्रधान सम्पादक श्री हुम बहादुर गुरुडं ले,जीवनको अमूल्यवान समय सामाजिक सेवामा समर्पित भई सन्चार माध्यम साथै बिभिन्न संघ संस्थाहरुको नेतृत्वमा रहि समाज,समुदय र तमुहरुको हित र एकताको लागि तमु पहिचान,परम्परा,तमु भाषा संस्कार संस्कृति जगेर्णाको निम्ति निरन्त्रता दिंदै समर्पण गर्नु भएको अतुलनिय योगदानको ऊच्च मूल्याडंकन कदर गर्दै स-धन्यवाद सहित स-सम्मान सहितको अभिनन्दन गरेको थियो।
कार्यक्रम संचालन गर्ने अनुमति लिंदै औपचारिक कार्यक्रमको अध्यक्ष भरत गुरुड•को अध्यक्षतामा आयोजना गरिएको यस कार्यक्रमको प्रारम्भामा संस्थाका महासिचव बिकास रक गुरुड•ले ऊपस्थित सबैलाई स्वागत गर्दै अथिति ज्यूहरु सॅंग पदिया र नेतृत्व गरेको संस्थाको नाम सॅंग परिचय गराऊॅंदै,इकाईका अध्यक्ष भरत गुरुड•,माननीय सरस्वती गुरुड•,तमुधीं नेपालका अध्यक्ष हुम गुरुड• र आमा समुह अध्यक्ष देवकला गुरुड•ऊहांहरुले सामुहिक रुपमा दिप प्रज्वलन गरि कार्यक्रममको शुभारम्भा गरिएको थियो।
तमुधीं लण्डन इकाईको जेष्ठ ट्रष्टी ले.रि.नारायण प्रसाद गुरुड•BEM ले संस्थाको बारे सारांसामा ऊल्लेख गर्दै हामी जनाजातीको छोरा छोरीले राजानीतिक नेतृत्वमा रहेर जनाप्रतिनिधिको नेतृत्व गर्दै नागरिक अनि देशको सेवामा खटेको र तमुधीं नेपाल ठूलो जातिया संस्थाको नेतृत्वमा रहनु भएका अध्यक्ष ज्यू र माननीयलाई यसरी स्वागतको साथ सम्मान गर्न पाऊॅंद गौरवान्द्बित रहेको बताऊनु भयो।
प्रमुख सल्लाहकार,पूर्व ऊपामेयर एवं लण्डन बार्नेट काऊण्टीको काऊन्सीलर लक्ष्य बहादुर गुरुड•ले शुभकामना मनतब्यको साथ तमु एकता तमु भाषा पराम्परा संस्कार संस्कृति जगेर्णाको लागि पत्रकारीताको क्षेत्रबाट,सांसद गुरुडं र तमुधीं नेपालका अध्यक्ष ज्यूको सकृयता र भूमीकाको प्रशंसा गर्दै माननीय संसाद सरस्वती गुरुड•सॅंग तमुधीं लण्डन इकाईले स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गर्नु भएकोमा खुशी ब्यक्ता गरि ऊहांहरु दुवैजनाको कार्यकाल सफलताको शुभकामना दिनु भयो।
इकाईका पूर्व अध्यक्ष एवं ट्रष्टी डेबिड गुरुडंले संस्था स्थापना देखी यहां सम्म ल्याऊन सफल सकृयता रुपमा सहयोग गर्नुहुने सम्पूर्ण प्रति आभार ब्यक्त गर्दै सांसद गुरुड•र तमुधीं नेपालका अध्यक्ष ज्यूको नेतृत्वको खुलेरै प्रशंसा गर्नु भयो।
मनतब्यकै क्रममा बिशिष्ठ अथिति तमुधीं नेपालका अध्यक्ष ज्यूले,तमुधीं यूकेका जति धैर इकाईहरु मजबुद र संगठन रहन्छ त्यती त्यसरी नै तमुधीं यूके अझै बलियो रहने बिश्वास ब्यक्त गर्दै तमुधीं यूकेको बृहत कार्यक्रमहरुमा लण्डन इकाई परिवारको सकृयता संगठन घनिष्ठताको खुलेरै तारिफ गरि यो स्वागत र सम्मान सिंगो तमुधीं नेपाललाई गर्नु भएको अनुभूत गरि आभार प्रकट गर्नु भयो।
प्रमुख अथिति माननीय सरस्वती गुरुड•ले जनाप्रतिनिधि हुंदा र बाहिरा रहंदा पनि हामी जनजाती साथै तमुहरुको हक हितको लागि नेपालको संबिधान र कानुन बनाऊन धेरै संघर्ष र मेहेनत गरि आज हामीले त्यो पुरा गरेको यहांहरु सामु जानकारी गराऊॅंदै,बिभिन्न जातजाती,भाषा संस्कार संस्कृतिले बनेको हाम्रो देश नेपालको कानुनमा जनाप्रतिनिधिले सफथ ग्रहण गर्दा आफ्नो भाषामा स्वयंले सफथ ग्रहण गर्नु भएको ऊदाहरण दिंदै तमुधीं यूके र तमुधीं लण्डन इकाईको नेतृत्व र कार्यसमितिमा पुस्तान्त्रणको ऊदारण भएकोमै गर्व गर्दै भौगोलिक र भौतिक रुपमा हामी बिश्वको जुनै देशमा रहेता पनि डिजिटल यूग बिज्ञान र प्रविधिको बिकासले गर्दा हामी एकै साथ संबाद र बिचार गोष्टीहरु गरि राम्रो निश्कर्षमा पुग्न सकिने बताऊनु भयो।यो स्वागत सम्मान मायाको लागि सम्पूर्ण तमुधीं लण्डन इकाई परिवारलाई धेरै धेरै धन्यवाद
हजुरहरु मातृभूमी आऊॅंद हामीले यसरी नै स्वागत गर्नेआंकक्ष ब्यक्त गर्नु भयो।
कार्यक्रम सफल बनाऊन बिशेष सकृया भूमीका खट्नु हुने आमा समुह अध्यक्ष लगायत सम्पूर्ण दिदिबहनीहरु,first lady लगायत ऊपस्थित सबैलाई धन्यबाद दिॅदै, लण्डन इकाईको अनुरोधलाई स्विकार गरि ऊपस्थित भईदिनु भएकोमै माननीय सरस्वती गुरुड•र तमुधीं नेपालका अध्यक्ष हुम गुरुडं प्रति आभार ब्यक्त गरि इकाईका अध्यक्ष भरत गुरुड•ले औपचारिक कार्यक्रमको समापन गर्नु भयो।

















