गल्कोट समाज यूकेले १२ जनाबरी अल्डरसटमा राख्यो बृहत भेला,के के छन् कार्यक्रम ?

लण्डन।गल्कोट समाज यूकेले बृहत भेला तथा नयाँ बर्ष २०२५ को शुभकामना तथा भेटघाट कार्यक्रम गर्ने भएको छ।

जनाबरी १२ आइतबार दिउसो अल्डरसटस्थित एम्पायर हलमा
कार्यक्रम गर्न लागेको गल्कोट समाज यूकेका अध्यक्ष समाज सेबी चन्द्र साहानी ले बताए।

पवित्र उद्देश्य सहित एक परोपकारी कार्य गर्न जुटेको समाजको कार्यक्रममा सहभागिताका लागि समाजका सचिब राजु बोहोराले सबैमा अपिल गरिएको लण्डन नेपाल न्यूज लाई बताए।

यस्तो छ समाज को अपिल

बिषय: बृहत भेला तथा नयाँ बर्ष २०२५ को शुभकामना तथा भेटघाट कार्यक्रममा उपस्थित हुनेबारेमा।

सर्बप्रथम त गल्कोट समाज यूकेको स्वामित्वमा गल्कोट घर हुनुपर्छ भन्ने आत्मबिश्वासका साथ चन्दादान गर्नुभएकोमा यहाँ लगायत सपरिवारमा हार्दिक कृतज्ञता जाहेर गर्दछौं।
गत बर्ष वर्मिङ्गघमको वेस्ट ब्रमिचमा सम्पन्न गल्कोट घरका चन्दादाताहरुको भेलाबाट अनुमोदित भएको अल्पकालीन योजना अनुसार वेस्ट ब्रमिचमा गल्कोट समाजको स्वामित्वमा गल्कोट घर खरिद गरिएको सगौरव जानकारी गराउँदछौं।
चन्दादाताले आफ्नो परिश्रमको हिस्सामार्फत चन्दादान गरेको रकम कहाँ र कसरि प्रयोग गरियो भन्ने विवरण सम्पूर्ण चन्दादाताहरुलाई अवगत गराउँदै पारदर्शी हुनु गल्कोट समाज यूके र गल्कोट घर संबंधित सवैको उत्तरदायित्व हो। तसर्थ, गल्कोट घरको अहिलेसम्मको सम्पूर्ण आय-ब्यय विवरण चन्दादाताहरुमाझ प्रस्तुत गर्ने र बृहत छलफल मार्फत हाल कायम रहेको मोर्गेजलाई पूर्ण भुक्तान गरि गल्कोट घरलाई मोर्गेज रहित बनाउन भावी कार्यदिशा तय गर्ने र नयाँ बर्ष २०२५ लाई स्वागत गर्दै शुभकामना आदानप्रदान गर्ने उद्देश्यले तल उल्लेखित मिति र स्थानमा देहाय बमोजिमका कार्यक्रमहरुको आयोजना गरिएको जानकारी गराउँदै यहाँको गौरवशालि उपस्थितिको लागि सविनय हार्दिक अनुरोध गर्दछौं।
मिति: आइतबार , १२ जनवरी २०२५
कार्यक्रम: गल्कोट घरका चन्दादाता एवं शुभचिन्तकहरुको बृहत भेला: दिउँसो १ बजे देखि -५ बजेसम्म।
नयाँ बर्ष २०२५ को उपलक्ष्यमा भेटघाट कार्यक्रम साँझ ५ बजेदेखि – ११ः००बजेसम्म।
स्थान: The Empire Hall , High Street, Aldershot, UK , Post code: GU11 1DJ
नोट:
क) कार्यक्रमको ब्यवस्थापन गल्कोट समाज यूके लण्डन क्षेत्रीय समितिले गर्नेछ।
ख) बृहत भेलामा भोजनको ब्यवस्था समाजले गर्नेछ।
ग) उपस्थितिको लागि सम्पर्क :
णनाथ गैरे- उपाध्यक्ष, गसयूके एबं संयोजक, लण्डन क्षेत्रीय समिति – 07916577368 राजु सापकोट: कोषाध्यक्ष, गसयुके- 07411919806 राजु बोहोरा: सचिव, गसयूके – 07983868845
सुरेश परियार , सह-कोषाध्यक्ष , गसयुके : 07402392143 भोजराज कंडेल , निबर्तमान अधक्ष्य , गसयुके – 07578694973 कृष्ण खरेल- महासचिव, गसयूके- 07723449667
उपस्थितिको लागि तोकिएको सम्पर्क वा गसयुके कार्यसमिति सदस्य मार्फत जनवरी ५ तारिक सम्ममा जानकारी गराई कार्यक्रमको ब्यवस्थापनमा सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।
धन्यवाद।

डा.पुष्प दत्त उप्रेती
संयोजक
गल्कोट घर निर्माण समिति चन्द्र साहनी
अध्यक्ष
गल्कोट समाज यूके।