सुनसरी, २० आषाढ । सुनसरीमा सन्चालित अधिकांश एम्बुलेन्स मापदण्ड विपरित संचालन गरिएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय र रेडक्रस सुनसरीले संयुक्त रुपमा गरेको अनुगमनमा एम्बुलेन्सहरु मापदण्ड विपरित चलाइएको पाइएको हो । धरान, इटहरी, दुहवी, खनार, इनरुवा, तरहरा, झुम्कालगायतका स्थानबाट संचालित एम्बुलेन्सहरु सेवाभन्दा नाफामुखी रहेको पाइएको रेडक्रस सुनसरीका पूर्व सभापति बासुदेव गौतमले जानकारी दिए ।
विभिन्न व्यक्तिको प्रतिष्ठान र ट्रष्टबाट संचालित एम्बुलेन्सहरुले बार्षिक साधारण सभा नगरेको, नवीकरण नगरेको, चालकले प्राथमिक उपचार तालिम नलिएको, एम्बुलेन्समा अक्सिजन राख्ने नगरेको भेटिएको हो । दर्ता गरिएको स्थानमा नबसेर इटहरी, धरानका अस्पतालमा बस्ने गर्दा दुर्गम गाउँमा विरामीले भनेका बेला सेवा पाउन नसकेकाले सुध्रन एक हप्ताको अल्टिमेटम दिइएको प्रमुख जिल्ला अधिकारी रवीलाल पन्थले जानकारी दिए । सुनसरीमा ८५ वटा एम्बुलेन्स संचालनमा छन् ।
एम्बुलेन्स सेवा नाफामुखी






