सिड्नी । सुदुरपश्चिम समाज अस्ट्रेलिया एनएसडब्ल्यूले गौरा पर्व धुमधामका साथ मनाउने भएको छ । नेपालको सुदुरपश्चिम क्षेत्रको महत्त्वपूर्ण
धार्मिक एवम् सांस्कृतिक पर्व गौरा पर्व अस्ट्रेलियामा रहेका सुदरपश्चिम र मध्यपश्चिमेलीहरुले धुमधामका साथ मनाउन लागेका हुन् । समाजले विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि यही अगष्ट ३१ तारिख सिड्नी क्याम्पसीमा रहेको कोरियन हलमा गौरा पर्व मनाउन लागेको सुदुरपश्चिम समाज अस्ट्रेलिया एनएसडब्ल्यू का अध्यक्ष लक्ष्मी जोशीले जानकारी दिए । उक्त अवसरमा धार्मिक अनुष्ठान, पूजाआजाका साथ हुडाखेली नृत्यका साथै देउडा गीत र मौलिक खानाका परिकार सहित विभिन्न रमाईलो कार्यक्रमको आयोजना गरिएको छ ।

समाजले कन्सर्ट भन्दा पनि मौलिक रुपमा नेपालकै संस्कार र संस्कृति तथा गौराको विधि बमोजिम पुजाआजा सहित गौरा पर्व मनाउने तैयारी गरेको हो । कार्यक्रममा देउडा गायक गायिका केशव राज गिरी, राधिका बोहोरा सहितका कलाकारहरुको विशेष सांगीतिक प्रस्तुती सहित देउडा गीतहरु प्रस्तुत गर्नेछन् । कार्यक्रममा उपस्थितिका लागि आयोजकले सबैसंग अनुरोध समेत गरेको छ । कार्यक्रममा नयाँ कार्यसमितिलाई पद हस्तान्तरण, परिचय सहितका कार्यक्रम समेत रहनेछन् । कार्यक्रमबाट संकलन भएको रकम कुजी लाईन्स क्लवसंग मिलेर धनगढीमा बाढी पहिरोबाट प्रभावित विद्यालयहरुमा सहयोग गर्ने उद्धेश्य रहेको समाजले जनाएको छ ।
के हो गौरा पर्व,कसरी मनाईन्छ ?
गौरा पर्व भाद्र कृष्णको षष्ठीदेखि अष्टमीसम्म विभिन्न कार्यक्रमहरूको आयोजना गरेर मनाइन्छ । गौरा पर्वको पहिलो दिन गौरापर्व मनाउने समुदायका महिलाहरूले निराहार रही आ-आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा ‘बिरुडा’ अर्थात् पाँचथरीका गेडागुडी भिजाउने गर्छन् । गौरापर्वमा व्रतालु तथा तथा श्रद्धालु महिलाहरूद्वारा गौराघरमा गई गरिने शिव र गौरीको पूजाअर्चनामा बिरुडालाई अक्षता र प्रसादका रूपमा प्रयोग गर्ने गरिन्छ । बिरुडा भिजाएको केही दिनपछि महिलाहरूले सामूहिकरूपमा धान, साउँ, तिल, अपामार्ग आदि बिरुवाका बोटबाट गौराको प्रतिमा (मूर्ति) बनाई गौराघरमा भित्र्याउँछन् । धार्मिक अनुष्ठान एवं पूजाआजाका साथै गौरालाई गौराघरमा भित्र्याइसकेपछि श्रद्धालु महिलाद्वारा शिव र गौरी (गौरा)को पूजाआजा गर्ने गरिन्छ । गौरा भित्र्याइसकेपछि विसर्जन नगरिएसम्म गौराघरमा पुरुष तथा महिलाहरू छुट्टाछुट्टै रूपमा गोलबद्ध भई स्थानीय लोक भाषामा देउडा, चैत, धमारी आदि खेल खेलेर आनन्द लिन्छन् । अनुकूल तिथि हेरी विसर्जन गरिने गौरापर्वले मानिसमा धार्मिक, आस्था, आपसी सद्भाव बढाउन मद्दत पुर्याउने मात्र नभई यस वर्षमा व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुने, ईष्ट र कुलदेवता प्रसन्न हुने जनविश्वास छ। सुदूपश्चिमेलीहरूले धुमधामका साथ मनाइने गौरापर्व भाद्र कृष्ण पञ्चमीदेखि सुरु हुने गर्दछ । गौरा पर्वको पहिलो दिन घर-घरमा महिलाले तामाका भाडामा पाँच प्रकारका अन्न भिजाएर पर्वको थालनी गरिन्छ। यो पर्व सुदूरपश्चिममा एक ठूलो पर्वको रूपमा मनाइन्छ । साथै यस पर्वमा सरकारले देशभर गौरा पर्व मनाउने समुदायलाई सार्वजनिक विदा दिने गर्दछ ।