कोपनहेगन ।
जनसम्पर्क समिति डेनमार्कमा याहि मे महिनाको २६ गते सम्पन्न साधारण सभाबाट नेतृत्व हस्तान्तरण भएको छ । निवर्तमान अध्यक्ष राम चन्द्र पाठकले नवराज आचार्य ( नबिन ) लाई नेतृत्व हस्तान्तरण गरेका हुन् । नेपालमा पाल्पा घर भएका राम चन्द्र पाठक विगत पन्ध्र महिना अघि भएको तेस्रो अधिवेशनबाट अध्यक्ष चयन भएका थिए । जन सम्पर्क समिति डेनमार्कले अब नयाँ अध्यक्षको रुपमा नवराज आचार्य ( नविन ) लाई पाएको छ । नेपालमा विराटनगर घर भएका आचार्यले साधारण सभाबाट सबैको सहमतीमा निवर्तमान अध्यक्ष पाठकबाट नयाँ अध्यक्षको जिम्मेवारी र कायर्भार ग्रहण समेत गरे ।![nepali-Congress-flag_20110409091641[1]](http://londonnepalnews.com/wp-content/uploads/2015/05/nepali-Congress-flag_201104090916411.jpg)
साधारण सभामा सल्लाहाकारहरु, कार्यसमितिका पदाधिकारी एवं सदस्य एवं साधारण सदस्यहरुको उपस्थिति रहेको थियो । सन् २०१४ फेब्रुअरी मा सम्पन्न तेस्रो अधिवेशन अगावै अध्यक्षको आकांक्षीमा दुवै जना पाठक र आचार्य रहेका थिए । तर पनि भू.पू. अध्यक्षहरु नबिन पौडेल, त्रिलोचन सापकोटा, याम लाल सुवेधी, शुभचिन्तक दिपेन्द्र चुडाल, विरेन्द्र सिंह कार्की, उद्धव सिग्देल, मोहन राज मिश्र लगायतले पहल गरी समझदारीमा ल्याउन सफल भएका थिए । उक्त समझदारी अनुसार पाटका र आचार्यको बीचमा एक कार्यकाल मिलेर चलाउने सहमती बनेको थियो र त्यहि अनुसार पाठक अध्यक्ष चयन भएका थिए । त्यतिबेला कांग्रेस युवा नेता विश्वप्रकाश शर्माको उपस्थितिमा अधिवेशन सम्पन्न भएको थियो र उक्त सहमतीको उनले प्रशंशा गरेका थिए भने पछि शेर बहादुर देउवा डेनमार्क आएको बखत पनि उक्त सहमतीको बारेमा थाहा पाए पश्चात निकै खुशी व्यक्त गरेका थिए र यस्तो संस्कारको विकास गर्दै सबै जनसम्पर्कले यो पाठ सिक्नु पर्ने बताएका थिए ।
त्यती बेलाको सहमती अनुसार हाल पाठकले इमान्दार पुर्वक नेतृत्व हस्तान्तरण गरेका हुन् । नेतृत्व हस्तान्तरण गर्दै उनले भने ‘ त्यतिबेला अग्रजहरुबाट भएको सहमतीबाट कत्ति पनि बिमुख नभईकन आफ्नो इमान्दारिता दर्शाउंदै अध्यक्षको जिम्मेवारी सुम्पेको छु’
यसै गरी नयाँ अध्यक्षको जिम्मेवारी पाएका आचार्यले पाठक प्रती धन्यवाद आभार प्रकट गर्दै लिएको जिम्मेवारी पुरा गर्ने र एक वर्ष भित्र चौथो अधिवेशनको आव्हान गर्ने प्रतिवद्धता प्रकट पनि गरे । काम गर्ने सवालमा टिममा विश्वाश गर्ने र सबै एक भएमा मात्र संस्था बलियो हुने भएकोले सबैको सहयोगको अपेक्षा रहेको पनि उनले बताए ।
साधारण सभामा महामन्त्रीको प्रतिवेदन प्रश्तुत गर्दै महामन्त्री बुद्धि सापकोटाले संस्थाले हाल सम्म डेनमार्कको नेपाली समुदायमा सत्र वटा विविध कार्यक्रम सम्पन्न गरेको जानकारी दिए । ती कार्यक्रमहरुमा एन आर एन संगको सहकार्यमा दशैँ कार्यक्रम देखि, दृष्टिविहिन विधार्थीको सहयोगार्थ च्यारिटी फिल्म प्रदर्शन सम्म र अन्तरक्रिया कार्यक्रम साथै पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको सहभागीतामा ‘संविधान निर्माणमा विदेशका नेपालीको आवाज’ सम्बन्धी कार्यक्रमहरु रहेका थिए ।
यसै गरी कोषाध्यक्षको प्रतिवेदन प्रश्तुत गर्दै कोषाध्यक्ष गिरिराज कंडेलले संस्थाले गरेका काममा भएका खर्च र कायक्रम मार्फत भएका आम्दानीको विवरण प्रश्तुत गरेका थिए । उनले दिएको जानकारी अनुसार जनसम्पर्कले गतवर्ष आयोजना गरेको ‘जनसम्पर्क-कप फुटबल प्रतियोगिता’मा संस्थाको खर्च अधिक देखिएकोले यो वर्ष आयोजना गर्दा त्यता ध्यान दिनुपर्ने बताए ।
साधारण सभामा जनसम्पर्क समितिका सल्लाहाकारहरु मोहन राज मिश्र, सोम सापकोटा त्रिलोचन सापकोटा, उद्धव सिग्देल, सुर्य प्रकाश खनाल, विरेन्द्र सिंह कार्की, गोविन्द पौडेल, शैलेन्द्र अधिकारी, साथै जनसम्पर्क समिती बेलायतका पुर्व कोषाध्यक्ष कुमार लामाले साधारण सभाको सफलताको शुभकामना व्यक्त गरेका थिए ।( नेपालीनेपाली डटकम)







![11350572_10153430260035086_5632988618910327375_n[1]](http://londonnepalnews.com/wp-content/uploads/2015/05/11350572_10153430260035086_5632988618910327375_n1.jpg)
![20150526_162933[1]](http://londonnepalnews.com/wp-content/uploads/2015/05/20150526_1629331-300x168.jpg)