सिड्नी । अस्ट्रेलियाको न्यू साउथवेल्स राज्यमा रहेका नेपाली गल्फरहरुको संस्था नेपलिज गल्फर एशोसियसनले आयोजना गरेको दोश्रो सीआईएचई गल्फ लिग २०२४ को पाँचौ खेल सम्पन्न भएको छ । जुन ३० तारिखमा वालासिया गल्फ क्लवमा भएको खेलमा विभिन्न देशका २० जना प्रवासीहरुले भाग लिएका थिए ।

कुल आठ बिधामा खेलाईने उक्त खेल मध्ये पाँचौ खेलमा प्रणब मैनाली ३८ अंक सहित प्रथम भएका छन् । त्यस्तै ३२ अंक सहित देव कोईराला दोश्रो भएका छन् । ईस्टबेल फोडको आधारमा खेलाईएको उक्त खेलमा नियरेष्ट अफ द पिन विशाल श्रेष्ठले जिते भने लंगेष्ट ड्राईभको उपाधी रविन भुजेलले जिते । विजेतालाई संस्थाको तर्फबाट दिपक पहारी, सुदिप बास्तोलाले पुरस्कार वितरण गरेका थिए । आयोजकको तर्फबाट बोल्दै दिपक पहारीले दिन प्रतिदिन विभिन्न देशका खेलाडीहरु गल्फमा रुची राखी सहभागी हुँदै गएकोमा खुसी व्यत्तः गरे । उनले प्रायोजक संस्था क्राउन ईन्स्टिच्यूट अफ हाईयर एजुकेशनलाई धन्यवाद व्यक्त गर्दै छैठौँ खेल जुलाई २८ मा लोन्ए गल्फ कोर्स एनएसडब्ल्यूमा हुने जानकारी दिए ।







