सिड्नी । अस्ट्रेलियाका लागि नेपाली राजदुत कैलाशराज पोखरेलले आफ्नो कार्यकालको २ वर्षे महत्त्वपूर्ण उपलब्धी सार्वजनिक गरेका छन् । पोखरेललाई २०७९ असार १३ गते राष्ट्रपति विद्यादेवी भण्डारीले अस्ट्रेलियाको राजदूतमा नियुक्ती गरेकी थिईन् । उनले गभर्नर जनरल डेभिड हर्ली समक्ष गत २५ जुलाईमा आफ्नो ओहदाको प्रमाणपत्र पेस गरेसँगै अस्ट्रेलियाका लागि नयाँ राजदूतका रूपमा कार्यभार सम्हालेका थिए । उनले आफुले राजदूत पद सम्हाल्दा गरेका प्रतिबद्धता र आम नागरिकका अपेक्षा बमोजिम आफ्नो कार्यकालमा महत्त्वपूर्ण उपलब्धीहरु हासिल गरेको दाबी समेत गरेका छन् । उनले नेपाल र अस्ट्रेलियाबीच व्यापार लगानी सम्बन्धी पहिलो र महत्वपूणर् सम्झौता सहित दुई देशबीच लगातार उच्चस्तरीय भ्रमणहरु भएको भन्दै यी विषयलाई महत्वपूणर् उपलब्धीको रुपमा लिएको बताएका छन् । त्यस्तै राहदानी नविकरणलाई सहज बनाएको र सिमित स्रोतबाट नै केहि स्थानहरुमा घुम्ति सेवा मार्फत राहदानीको सेवा सुरु गरी यो सेवा निरन्तर चलिरहेको बताएका छन् । 
यस्ता छन् सार्वजनिक गरेका उपलब्धी जस्ताको तेस्तै बुँदागत रुपमा
१. नेपाल र अष्ट्रेलियाबीच व्यापार र लगानी सम्बन्धी पहिलो र महत्वपूणर् सम्झौता टे्रड एण्ड ईन्भेष्टमेन्ट फ्रेमवर्क एरेन्जमेन्ट( टिआईएफए)फेब्रुअरी ९,२०२४ मा सम्पन्न भएको छ । यसमा अष्ट्रेलियाका सहायक विदेशमन्त्री होन.टिम वाट्स र मैले हस्ताक्षर गरेका छौं ।
२. दुई देशबिच लगातार उच्चस्तरीय भ्रमणहरु भएका छन । नेपालबाट परराष्ट्रमन्त्री, राष्ट्रिय सभाका अध्यक्ष लगायत उच्च राजनीतिक तहमा र अष्ट्रेलियाबाट लामो समयपछि विदेश सहायक मन्त्री र पहिलो पटक संघीय संसदका सभामुखको तहमा भ्रमणहरु सम्पन्न भएका छन् ।
३. अष्ट्रेलिया र न्यूजिल्याण्ड दुवै देशमा उच्चस्तरीय द्विपक्षीय वार्ताहरु सम्पन्न भएका छन ।
४. पासपोर्टको नवीकरणमा गतवर्ष देखिनै विना अपोईट्मेन्ट पनि सेवा प्रदान गर्न सुरु गरिएकोले अहिले सेवाग्राहीहरुलाई धेरै सहज भएको छ ।
५. अहिले भएकै सिमित स्रोतबाट नै केहि स्थानहरुमा पासपोर्ट घुम्ति सेवा सुरु गरी यो सेवा निरन्तर चलिरहेको छ ।
६. सेवाग्राहिले अहिले राजदुतावासमा सहज रुपमा डेबिट र क्रेडिट कार्डबाट ( टच अप्सन सहित) पनि राजस्व तिर्न सक्नु हुन्छ । नगद निकाल्न र एटिएम खोज्दै हिड्नु पर्दैन ।
७. अहिले भएकै कर्मचारीहरुको कार्य व्यवस्थापन मिलाएर राजदुतावासमा सेवाग्राहीका फोनहरु उठाउन सकिएको छ । सबै ईमेलहरुको पनि जवाफ दिइरहेका छौ ।
८. नेपालबाट अष्ट्रेलियामा अहिले भै रहेको व्यापारको अवस्था र खासगरी निर्यात सम्बन्धमा विज्ञहरु माप़र्mत राजदुतावासले एउटा अध्ययन सम्पन्न गराएको छ । यसको प्रतिवेदन भर्खरै प्राप्त भएको छ । दुई देश बीच व्यापारवारे राजदुतावासबाट भएको यो पहिलो अध्ययन हो ।
९. नेपालमा हालै सम्पन्न तेश्रो लगानी सम्मलेनमा अष्ट्रेलियाबाट सक्रिय सहभागिता भएको छ । एउटा लगानी सम्झौता पनि सम्पन्न भएको छ ।
१० .सगरमाथा आरोहण गरेका अष्ट्रेलियनहरुलाई राजदूतावासबाट सम्मान गरिएको छ ।
११.राजदुतावास आफैले र एनआरएनए लगायत संघसंस्थाहरु संग मिलेर विविध पर्यटन प्रवर्धनका काम भएका छन । गत बर्ष अष्ट्रेलियाबाट नेपाल जानेहरुको संख्या ३८ हजार नाघेको छ ।
१२. नेपाल एयरलाइन्सले सिडनीमा सिधा हवाई सुरु गर्ने बिषयमा राजदूतावासले पहल गरी अहिले यो अष्ट्रेलिया सरकारको अन्तिम स्वीकृतिको चरणमा रहेको छ ।
१२. राजदूतावास नेपाली संघ संस्था एवम् समुदायहरुसंग मिलेर काम गर्दै आएको कुरा यहाँहरूलाई थाहा छ । नेपाली समुदायले राजदुतावाससंग आशा गरेका धेरै बिषयहरु पुरा गर्न पाएकोमा सन्तोष लागेको छ । नेपाल- अष्ट्रेलिया सम्बन्ध, नेपाल र नेपालीहरुको हित र चासोका हरेक बिषयमा हामी निरन्तर कार्य गरी रहेका छौ ।
१३. साधन स्रोतको अभाव सदा रहन्छ नै । यहाँहरु सबैका सकारात्मक सुझावलाई ग्रहण गर्दै राजदूतावास निरन्तर कार्यरत छ ।






