रुपन्देही सामाजिक सञ्जाल अस्ट्रेलियाको नयाँ वर्ष विशेष कार्यक्रम सम्पन्न

सिड्नी । वि.स. २०८१ सालको पुनित अवसरमा रुपन्देही सामाजिक सञ्जाल अस्ट्रेलियाले आयोजना गरेको नयाँ वर्ष विशेष शुभकामना आदान प्रदान तथा न्यू ईयर सेलिब्रेशन कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । १३ अप्रिल शनिवार सिड्नीको टेम्पे पार्कमा आयोजना गरिएको कार्यक्रममा नयाँ वर्ष २०८१ को स्वागतार्थ विविध कार्यक्रम गरिएको थियो ।

रुपन्देही सामाजिक सञ्जाल अस्ट्रेलिया अध्यक्ष दिवाकर काफ्लेले रुपन्देही सामाजिक सञ्जालले पहिले जस्तै विभिन्न कार्यक्रमहरु गर्दै आएको र आगामी दिनमा आफ्नो कार्यकालमा पनि अझै उत्कृष्ट कार्यहरु गर्ने बताए । उनले आफ्नो नेतृत्वको पहिलो कार्यक्रम गरेको भन्दै कार्यक्रम निकै भव्य बनेको र कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने सम्पुर्ण प्रति आभार व्यक्त गरे ।

रुपन्देही सामाजिक सञ्जाल उपाध्यक्ष  रञ्जिता भण्डारीको स्वागत मन्तव्य वाट सुरुभएको कार्यक्रम महासचिव सुचना  पाण्डेले सञ्चालन गरेकी थिईन् भने संयोजन राजु खनाल ले गरेका थिए। कार्यक्रममा एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, एनआरएनए आईसीसी उपाध्यक्ष डा. विनोद श्रेष्ठ, एनआरएनए अस्ट्रेलियाका पुर्व अध्यक्ष नन्द गुरुङ, प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष अच्युत थपलिया, एनएडिएफका अध्यक्ष भीष्म भण्डारीले शुभकामना मन्तव्य व्यक्त  गरे । कार्यक्रममा रुपन्देही सामाजिक सञ्जालका पुर्व अध्यक्ष हरु कृष्ण गैरे, इश्वर पोखरेल, मुक्तिराम पोखरेल ,  गायत्री पौडेल, कमल चापागाइ, प्रदिप पन्थी, प्रताप पन्थी, कमल भण्डारी, सुनिता न्यौपाने, पदम अधिकारी, प्रदिप खनाल, योगेस पराजुली, घनश्याम पाण्डे, सरोज पान्डे, विशाल भण्डारी, मल्टीडानामिक रियल इस्टेट प्रिन्सिपल तथा व्यावसायी मेघराज पौडेल , लगायत एनआरएनए अभियान्ता ,  विधिन्न प्रायोजक सस्थाका प्रतिनिधिहरु , कलाकार , रक्डेल,कोग्रा नेपाली अविभावक समाजका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा कलाकार तथा गायिका जेनिशा गौतमले बेजोड सांगीतिक प्रस्तुती दिँदै उपस्थित अतिथिहरुलाई मनोरञ्जन प्रदान गरेकी थिईन् भने डिजे सुशीलले नचाएका थिए ।