अनिल खत्री
गुल्मी । बेलायतवासी गुल्मेलीहरुले आफ्नो गृहजिल्लाका फरक क्षमताका पीडितलाई आर्थिक सहयोग पठाएका छन् । गुल्मी जिल्ला समाज यूकेले गुल्मीदबार गाउँपालिकामा आयोजित कार्यक्रममा जिल्लामा फरक क्षमताको क्षेत्रमा काम गर्दै आएका संस्थालाई आर्थिक सहयोग गरेका हुन् । समाजका अध्यक्ष बीरबहादुर बलाल रहेको समिति मार्फत् संकलित रकमबाट सहयोग गरिएको हो।

आर्थिक सहयोग हस्तातरण गर्न समाजका महासचिव रुद्र थापा एबम कार्यसमिति सदस्य राम पाण्डे गृह जिल्ला पुगेका हुन् ।गुल्मी जिल्लामा रहेर फरक क्षमताको लागि काम गर्दै आएको आशा अपांग केन्द्र का लागि प्रथम नौमती बाजा गुल्मी युके समुह ले रू ५० हजार
समाजले २ लाख रूपया सहसोग रकम आशा अपांग केन्द्रका अध्यक्ष एबम पत्रकार जनार्दन घिमेरे र अन्य रकम रुरु स्थित अटिजम पाठशालालाई २ लाख समाजका सल्लाहकार मोति भण्डारीको सहायोग र समाजको तर्फबाट दुई लाख रुपैया आर्थिक सहयोग हस्तातरण गरेका हुन् । यसै गरी ८६ बर्षकी आमा प्रेमकला बुचाले २५ हजार सहयोग गरेकी थिइन् ।
त्यस्तै गुल्मीदबार र छत्रकोटमा रहेका फरक क्षमताकालाई जनहि २५ हजारका दरले गरि कुल ८ लाख ७५ हजार आर्थिक सहयोग हस्तातरण गरिएको गुल्मी जिल्ला यूके समाजका महासचिव रुद्र थापाले बताए।सहयोग हस्तान्तरणपछि गुल्मी जिल्ला समाजका महासचिव रुद्र थापाले यो पूण्य कार्यमा बेलायतवासी गुल्मेलीहरुको तर्फबाट सहयोग गर्न पाउंदा गौरव लागेको बताए ।

सहयोग रकम गुल्मी जिल्ला यूकेका महासचिव रुद्र थापा जिल्ला समन्वय समितिका प्रमुख द्रोण खत्री, गुल्मीदरबार गाउँपालिका अध्यक्ष सरोज थापा र प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले संयुक्त रुपमा दुई संस्थाका प्रमुख र फरक क्षमता नागरिकलाई नगद रकम प्रदान गरेका थिए ।
आर्थिक सहयोग पाउने तम्घासमा रहेको आशा अपांग केन्द्रले जिल्लामा अपांगताको क्षेत्रमा ठूलो पुण्य काम गर्दै आएको छ । रुरुमा रहेको अटिजम पाठशालाले पनि विद्यालय संञ्चालन गरेर अटिजम भएका वालवालिकाको क्षेत्रमा ठूलो काम गर्दै आएको छ।
गुल्मी जिल्लाबाट यूकेमा रहेका गुल्मेलीहरुले विभिन्न कार्यक्रम गरेर जिल्लामा फरक क्षमताको क्षेत्रमा वर्षेनी ठूलो सहयोग गर्दै आएको संस्थाका महासचिव थापाले बताए । समाजबाट गुल्मीमा विभिन्न समयमा करोडौं रकम सहयोग गर्दै आएको छ ।

सहयोग रकम हस्तातरण कार्यक्रममा छत्रकोट गाउँपालिका उपाध्यक्ष मिना ज्ञवालीले प्रवासी नेपालीहरुले स्वदेश प्रति देखाएको सदभाव निकै प्रशंसायोग्य रहेको बताइन । उनले जन्मभूमिमा विभिन्न खाले विपद्हरुमा गरेको सहयोगले धेरै राहत पुग्ने गरेको बताइ ।
उनले आउदा दिनहरुमा पनि यस्तै सहयोगको खाँचो रहि रहने बताइन । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले प्रवासमा बसेर पनि जन्मभुमी प्रतिको दायित्वलाई महसुस गरेर गरेको सहयोग प्रशंसा गरे।
त्यस्तै कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख द्रोर्णबहादुर खत्रीले प्रवाशमा रहेर जन्मभूमि प्रति सामाजिक क्षेत्रमा विभिन्न खाले पिडाहरुमा परेका ब्यक्तिहरुको सहयोगार्थ गरिएको सहयोगले ठुलो मद्दत पुर्याएको बताए । देशमा बस्ने भन्दा पनि देश बाहिर बस्ने नेपालीहरुमा सच्चा राष्ट्रभाव हुने प्रमुख खत्रीले बताए ।
गुल्मीदरबार गाउँपालिका अध्यक्ष सरोज थापाले समाजले असाय असक्तहरु गरेको सहयोगले अरु ब्यक्तिहरुलाई पनि सहयोग गर्नुपर्छ भन्ने भावना वढाएको बताए । गुल्मी जिल्लामा हुने कुनैपनि दैबिक प्रपोक, असाय अशसक्तहरुलाई सहयोग गर्ने उदेश्यले सन २००७ मा संस्था स्थापना गरेर सहयोग गर्दै आएको छ । बेलायतमा रहेका गुल्मेलीहरुले जिल्लामा आगोलागी, भुकम्प, बाढी पहिरो, विभिन्न रोगबाट ग्रसित असाय अससक्तहरुलाई पनि सहयोग गर्दै आएका छन् ।






