वेसाइड नेपाली समाजको गठन

सिड्नी । वेसाइड नेपाली समाज अस्ट्रेलियाको गठन गरिएको छ । डिसेम्बर ४ तारिख रक्डेलको रक्डेल पार्कमा जम्मा भएका अभिभावकहरुको भेलाले कृष्ण प्रसाद पौड्यालको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको हो । यसअगाडी रहेको रक्डेल नेपाली अभिभावक समाजलाई पुर्नगठन गरी वेसाइड नेपाली समाजको गठन गरिएको  हो  । नवगठित समितिको उपाध्यक्षमा राम किश्वोर कार्की, सचिवमा भक्त बहादुर बस्नेत, कोषाध्यक्ष दुर्गा घिमिरे, सह सचिव सिता पन्डित , सदस्य तेज राज सुबेदी, जुना माया जि सि, जगनाथ कार्की, लेखा संयोजक भोला प्रसाद पराजुली रहेका छन।  बाँकी रहेका दुईजना  सदस्य र  कार्यसमितिमा अपुग अन्य पदाधिकारी समाजको आगामी बैठकपछि मनोनित गरिने बताईएको छ । कार्यक्रममा प्रमुख अतिथि व्यवसायी शम्भु कंडेल तथा विशिष्ट अतिथि झापाली समाज अस्ट्रेलियाका अध्यक्ष निरञ्जन प्रसाई, राज कुमार अधिकारी ,युवा प्रखरवक्ता समित केसी लगायतले बोल्दै शुभकामना व्यक्त गरेका थिए । नवगठित समितिलाई स्थानीय काउन्सिलमा दर्ता गरी नेपाली अभिभावकहरुका लागि मानसिक, शारिरिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा कार्य गर्ने सचिव भक्त बहादुर बस्नेतले जानकारी दिए । नयाँ अभिभावकहरुलाई त्यहाँ बस्न सहज बनाउने र त्यहाँको नीति नियमको बारेमा जानकारी गराउँदै आफ्ना अधिकारका विषयमा जानकार गराउने उद्धेश्य रहेको र नेपाली भाषाको संरक्षण एवम् प्रवद्र्धन गर्ने कार्यमा समेत समाज अग्रसर रहने उनको भनाई छ । संस्थालाई अझै शसक्त भएर सञ्चालन गर्ने उनले बताए ।