बेलायतमा‘दसैं टीकाको शुभ साइत बिहान ९:४५ बजे, टीका लगाउँदा कता फर्किने ?

लन्डन । हिन्दुहरुको महान चाड विजया दशमी अक्टोबर २४ तारिक अर्थात कात्तिक ७ गते मंगलबार परेको छ । बेलायतमा बिहान ९ बजेर ४५ मिनेट जादा साइत उत्तम रहेको लन्डन पशुपतिनाथ मन्दिरका मूल पन्डित निलहरि घिमिरेले लन्डन नेपाल न्युज लाई बताए।

बेलायतमा क्रियाशील ज्योतिष पण्डित घिमिरेका अनुसार टीका लगाइ माग्ने मानिस पश्चिम फर्कनुपर्छ र टीका लगाइदिने व्यक्ति पूर्व फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता छ  ।यसरी बसेर टीका लगाउँदा शुभ हुने धार्मिक विश्वास छ ।

“ज्योतिष विज्ञहरूसँगको छलफलपछि उक्त समय तय गरिएको बताउदै शुभ साइतको समय पश्चात जुनसुकै समय पनि टिका, जमारा ग्रहण गर्न गराउन सकिने,” उनले प्रस्ट्याए।

गुरु पुरोहित, हजुरबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाका हातबाट नवदुर्गाभवानीको टीका, जमरा तथा प्रसाद थापी यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ ।