वेष्टर्न स्टार किड्स टूर्नामेन्ट सम्पन्न: सेन्ट जर्ज फ्रेन्ड्सले जित्यो उपाधी

 सिड्नी । वेष्टर्न स्टार स्पोर्टस क्लबले आयोजना गरेको किड्स टूर्नामेन्ट भव्य रुपमा सम्पन्न भएको छ । सिड्नी स्थित साउथ क्रीक पार्क सेन्ट मेरी पार्कमा २४ तारिख आइतबार सम्पन्न टूर्नामेन्टमा दुई उमेर समुहमा सञ्चालन भएको थियो । जसमध्ये १३ वर्ष मुनिका बालबालिकाहरुको फुटबल प्रतियोगिताको उपाधि सेन्ट जर्ज फे्रण्डसले जितेको छ ।
टूर्नामेन्ट भने राईजिङ स्टारले हात पारेको छ । त्यस्तै ५ वर्ष देखी ९ वर्ष उमेर समुहमा पेनरिथ गोरिल्ला विजेता बनेको छ । भने राईजिङ स्टारले टूर्नामेन्ट हात पारेको छ । सहभागी समहुले पहिलो चरणमा अंक प्रणाली जस्तै लीग खेल्ने खेलेका थिए भने दोस्रो राउन्डमा सेमिफाइनलबाट नकआउट चलेको थियो ।
प्रतियोगीतामा उत्कृष्ट गोलकिपर पर्रा पार्क एफसीका दिवाक ढुंगाना बनेका छन् भने सर्वाधिक गोलकर्ता भकुण्डो भूतका अमेश पौडेल बनेका छन् । प्रतियोगीतामा विशेष रेफ्रीहरु श्याम थापा, अशोक भण्डारीलाई धन्यवाद व्यक्त गरिएको थियो भने । टाईटल स्पोन्सरको रुपमा प्रिमो एजुकेशन एण्ड भिजा सर्भिसेस सहित अन्य विभिन्न संघ संस्थाले सहयोग गरेका थिए । कार्यक्रममा एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, निवर्तमान अध्यक्ष नन्द गुरुङ, क्लवका अध्यक्ष सुदिप घिमिरे, भरत ज्ञवाली लगायतको उपस्थिति रहेको थियो ।