लन्डन । सोपाल समाज युकेले वरिष्ठ संस्कृतिकर्मी तथा गुरुङ चलचित्रका नायक ताराबहादुर गुरुङलाई बिदाइ गरेको छ।
लन्डनको हिथ्रो बिमानस्थलमा एक समारोह आयोजना गरी समाजले बिदाइ गरेको हो । 
उनले कलाकारिता क्षेत्रमा पुर्याएको योगदानको उच्च कदर गर्दै उनलाई लन्डनमा अभिनन्दन समेत गरिएको थियो । सोंपाल समाज युकेका अध्यक्ष श्रीप्रसाद गुरुङ, महासचिव भरत गुरुङले सम्पूर्णमा हार्दिक आभार व्यक्त गरेका थिए ।
ताराबहादुर गुरुङले लन्डनवासी नेपालीले गरेको सम्मानप्रति आभार व्यक्त गरे । उनले यो सम्मान, आशीर्वाद र हौसला आफ्नो जीवनमा ठुलो प्रेरणा मिलेको बताएका छन् ।उनको बिदाइमा उपस्थित सबै जना भावुक बनेका थिए ।बिदाइ गर्दैगर्दा वरिष्ठ संस्कृतिकर्मी गुरुङ बोल्न सकेनन्।

नायक गुरुङको बिदाइका लागि सोंपाल समाज यूकेका अध्यक्ष श्रीप्रसाद गुरुङ, फस्ट लेडी मनदेवी गुरुङ, वरिष्ठ उपाध्यक्ष जगदीश गुरुङ, पूर्वअध्यक्ष क्याप्टेन प्रेम गुरुङ, महासचिव भरत गुरुङ, ट्रस्टी क्याप्टेन चित्र गुरुङ, सल्लाहकार ट्रस्टीज दिपक गुरुङ, आमा समूहकी निवर्तमान अध्यक्ष नइन्द्र गुरुङ, कार्यसमिति सदस्य, शुभचिन्तक, शुभेच्छुक एयरपोर्ट पुगेका थिए ।






