लण्डन । क्षेत्री समाज बेलायतले आफ्नो वार्षिक भेटघाट कार्यक्रम अर्थात (हिउँदे भेला ) आउँदो २३ सेप्टेम्बर शनिबार बिहान गर्ने ब्यापक तयारीमा छ
समाजले हरेक वर्ष गर्दै आएको कार्यक्रम यस बर्ष अझ ब्यापक बनाउने तयारी गरिएको क्षेत्री समाज बेलायतकी अध्यक्ष श्रद्धा थापाले लण्डन न्यूज नेपाललाई बताइन् ।
थापाका अनुसार सामाजिक परम्परा र संस्कारलाई निरन्तरता दिंदै उक्त कार्यक्रममा विभिन्न सांस्कृतिक र सामाजिक कार्यक्रम समेत आयोजना गरिएको छ । उक्त दिन बिदा मिलाउन अनुरोध गर्दै बेलायत स्थित विभिन्न संस्थाका प्रतिनिधि तथा समुदायका व्यक्तिहरुलाई यसै मार्फत उनले उपस्थितिका लागि अपिल समेत गरेकी छिन् ।
कार्यक्रम अल्डरसटस्थित एम्पाएर हलमा बिहान १० बजेदेखि राति १० बजेसम्म हुने समाजका उपाध्यक्ष एबम कार्यकम सयोजक टेकबहादुर घर्तीले जानकारी दिए।
क्षेत्री समाज यूके बेलायतमा निकै व्यवस्थित र सक्रिय संगठनको रुपमा परिचित संस्था हो । यसले गर्ने विविध कल्याणकारी तथा मनोरन्जनात्मक कार्यक्रमहरु मध्ये हरेक वर्ष गरिने वार्षिक भेटघाट कार्यक्रम एक प्रमुख कार्यक्रम हो । उक्त कार्यक्रममा यूकेभर छरिएर रहेका अधिकांश क्षेत्री तथा गैर क्षेत्रीहरुको बाक्लो उपस्थिति रहने गर्दछ ।






