नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान अस्ट्रेलियाले तीज विशेष कार्यक्रम गर्दै तिलहरी देखी खसी सम्म भाग्यशाली चिठ्ठा उपहार !

सिड्नी । नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान अस्ट्रेलियाले तीज विशेष कार्यक्रम गर्ने भएको छ । आगामी अगष्ट १२ ग्रानभीलको टाउनहल स्थित काल्टर्न स्त्रीटमा तीज विशेष कार्यक्रमको आयोजना गरिएको छ । शनिवार बेलुकी ४ बजेदेखि १० बजेसम्म आयोजना गरिएको कार्यक्रममा नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको शुभकामना आदान प्रदान संगैं नाचगान, भाग्यशाली चिठ्ठा उपहार सहित अन्य रमाईलो कार्यक्रमको आयोजना गरिएको नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठानकि अध्यक्ष शुजाता बस्नेत केसीले बताईन् ।

कार्यक्रममा डिजे सुशिलको विशेष सांगीतिक प्रस्तुती रहनेछ । कार्यक्रममा प्रवेशका लागि ३५ डलर शुल्क तोकिएको छ । उक्त टिकटबाट भाग्यशाली उपहार चिठ्ठा प्रदान गरिने बताईएको छ । भाग्यशाली व्यक्तिहरुले २ वटा तिलहरी, खसी, रक्तचाप नाप्ने मेसिन, फोन, घडी लगायतका पुरस्कार प्राप्त गर्नेछन् । टिकटमा रहेको नम्बरबाट लक्की ड्र गरी पुरस्कार वितरण गरिने बताईएको छ । भाग्यशाली उपहार चिठ्ठाको नमस्ते ज्वेलरी, गणेश ज्वेलरी, डिवाई बुचर, जय हो नेपाली बुटिक एण्ड ब्यूटी, एभरेष्ट कम्युनिकेशन लगायतका व्यवसायिक संघसंस्थाहरुले प्रायोजन गरेका छन् । भने डाक्टर प्रविन पाठक (रेल वे टेरस मेडिकल सेन्टर)  र डा.  सिर्जना शर्मा (रियल हेल्थ मेडिकल सेन्टर एस्फिल्ड ) ले रक्तचाप जाँच्ने मेसिन प्रायोजना गरेका छन् ।

कार्यक्रममा ३ सय जनाको उपस्थिति रहने अनुमान आयोजकले गरेको छ । तीज विशेष कार्यक्रम भव्य रुपमा सम्पन्न गर्न सम्पूर्णलाई उपस्थित हुन नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठानले सबैसंग अनुरोध गरेको छ ।