सिड्नी । अस्ट्रेलियाको सिड्नी स्थित दिदी बहिनी ईभेन्ट्सले रमाईलो साँझ सगैं विविध सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । १६ जुलाई रकडेलको ईन्द्रेणी फंक्सन सेन्टरमा आयोजना गरिएको कार्यक्रममा सांगीतिक प्रस्तुतीसगैं लाईभ दोहोरी र अन्य रमाईलो कार्यक्रम आयोजना गरिएको प्रबन्धक विन्दु पौडेलले जानकारी दिईन् ।
कार्यक्रममा नेपालबाट आएका चर्चित कलाकारहरुसगैं अस्ट्रेलिया कार्यथलो बनाएर सांगीतिक क्षेत्रमा सक्रिय कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुती रहने उनले बताईन् । कार्यक्रममा युवराज चौलागाईँ र बेनिसा पौड्यालसगैं अस्ट्रेलियामा रहेका कलाकाहरु रमन रेग्मी, सन्दिप पराजुली, ईश्वर पोखरेल, विजय केसी, निशा क्षेत्री, विजयी केसी, प्रदिप खनाल, नरेश रेग्मी लगायतले लोकगीत सगैं अन्य नेपाली गीतसगीतहरु प्रस्तुत गर्ने बताईएको छ ।
निर्धारित समय ६ बजेबाटै सुरु हुने कार्यक्रममा नेपालबाट आएका कलाकारहरुको प्रस्तुती सगैं लाईभ दोहोरी समेत हुने उनले बताईन् । चर्चित लोकदोहोरी गायिका माया गुरुङ र गणेश गुरुङको लाईभ दोहोरीबाट दर्शकहरुलाई मनोरञ्जन प्रदान गरिने उनले जानकारी दिईन् । दिदी बहिनी ईभेन्ट्सले प्रत्येक वर्ष हरितालिका तीजको अवसरमा कार्यक्रम गर्दै आईरहेको भएपनि यसवर्ष पहिलो पटक रमाईलो साँझको आयोजना गरिएको बताईएको छ ।






