थारु सोसाइटी अफ सिड्नी अष्ट्रेलियाको नयाँ कार्य समिति चयन

सिड्नी । नेपाल स्थायी घर भई हाल अस्ट्रेलियाका विभिन्न ठाउँमा रहेका थारु समुदायका व्यक्तिहरुको संस्था थारु सोसाइटी अफ सिड्नी अष्ट्रेलियाको नयाँ कार्यसमिति गठन गरिएको छ । ८ जुलाईमा सिड्नीको ईन्द्रेणी फंक्सन सेन्टर रकडेलमा सम्पन्न अधिवेशनले बर्तमान अध्यक्ष दीपनारायण चौधरीलाई पुन अध्यक्षमा चयन गर्दै निबर्तमान कार्य समितिलाई थपघट गरेर नयाँ कार्यसमिति गठन गरेको हो ।
नवगठित कार्य समितिको उपाध्यक्षहरुमाद्धय निमेष लेखि र बिनय चौधरी, महासचिवमा पृथ्वी चौधरी, सहसचिवमा सोफिया चौधरी, कोषाध्यक्षमा रिन्कु चौधरी, सहकोषाध्यक्षमा सिम्रिका चौधरी, पब्लिक रिलेशन अफिसरमा अरुण आर्यण चौधरी, कल्चरल सक्रेटरीमा पूजा चौधरी, स्पोर्ट्स सेक्रेटरीमा सिद्दान्त चौधरी र आइटी कोअर्डिनेटरमा उमेश चौधरीलाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा रितु चौधरी, सुनाम चौधरी, मधुकर चौधरी, उपशना चौधरी, रञ्जना चौधरी , नजमा चौधरी, श्वेता चौधरी, रञ्जना चौधरी, सागर चौधरी, मिलन चौधरी, सुनिल चौधरी,आर्यण चौधरी थारू रहेका छन् । महिला संयोजकमा मिश्रा कुमारी चौधरी र सहसंयोजकमा सुनिता चौधरी चयन भएका छन् । अधिवेशनले ३ सदस्यीय सल्लाहकार समिति समेत पठन गरेको छ । जसमध्ये रामेश्वर चौधरीलाई वरिष्ठ सल्लाहकार तथा दुर्गानन्द चौधरी र जानुका चौधरी सल्लाहकार चयन भएका छन् ।
कार्यक्रममा संस्थाका पव्लिक अफिसर अरूण चौधरीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने महासचिव पृथ्वी चौधरीले संस्थाको स्थापना काल देखि हालसम्म भएका कार्यप्रगति र गतिबिधिहरु प्रस्तुत गरेका थिए । त्यस्तै कोषाध्यक्ष रिंकु चौधरीले संस्थाको आय व्यय प्रस्तुत गरेका थिए । पुन अध्यक्षमा निर्बाचित दिप नारायण चौधरीले संस्थालाई अझै सवल वनाउदै, विविध परोपकारी कार्यहरुसहित थारू समुदाय तथा विद्यार्थीहरुलाई पर्ने विभिन्न समस्यामा विगतमा जस्तै संस्थाले सहयोगीको रुपमा काम गर्ने बताए । २४ औं विश्व आदिबासी दिवसको अवसर पारेर ९ अगस्ट २०१८ मा अस्ट्रेलियामा संस्था स्थापना गरिएको हो ।
स्थापनाको छोटो समयमै थारु सोसाइटी अफ सिड्नी अष्ट्रेलियाले समुदायमा हुने बिबिध सामाजिक एबम परोपकारी कार्यमा सक्रिय सहभागिता जनाउदै उदाहरणीय रुपमा प्रस्ततु हुन् सफल भएको छ । सोसाईटीले सांस्कृतिक बिबिधता भएको थारु समुदायको कला, भाषा संस्कृति, रहन सहन र चाड पर्वलाइ थारु समुदाय र अन्य नेपाली समुदाय माझ परिचित गराउन पनि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ