रौतहट, ९ आषाढ । रौतहटमा एक प्रहरी जवानले आफैंले बोकेको बन्दुकले कन्चटमा हानेर आत्महत्याको प्रयास गरेका छन् । बुधबार विहान चारबजे डयुटीमै भएको अवस्थामा उनले यस्तो प्रयास गरेका हुन् । पर्सा ५ र्सिरसिया घर भएका प्रहरी जवान लालबाबु प्रसाद चौहानले रामपुर खापस्थित चौकीमा ड्युटीमै रहेको अवस्थामा आफ्नै बन्दुकले निधारमा गोली हानेर आत्महत्याको प्रयास गरेका हुन् । गोली लागी गम्भीर घाइते भएको उनको गौर अस्पतालमा उपचार हुन नसकेपछि अहिले नारायणी उपक्षेत्रीय अस्पताल बीरगञ्जमा उपचार भइरहेको छ । आत्महत्या गर्न खोज्नुको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।
आफैंमाथि गोली प्रहार गरी प्रहरीले गरे आत्महत्याको प्रयास






