नेपाली अभिभावक कल्याण समाज लेपिंक्टननको दही चिउरा खाने कार्यक्रम सम्पन्न

सिड्नी । नेपाली अभिभावक कल्याण समाज लेपिंटनले असार १५ एवम् धान दिवसको अवसरमा दही चिउरा खाने कार्यक्रम सम्पन्न गरेको छ ।सिड्नीको विलोडेल पार्कमा समाजले उक्त दिन दिउँसो २ बजेदेखि ४ बजेसम्म दही चिउरा खाने कार्यक्रमसगैं अन्य विविध कार्यक्रमहरु सम्पन्न गरेको छ ।

पछिल्लो समय दही चिउरा खाने संस्कार नेपाली संस्कृतिमा बृहत् रुपमा फैलिदै गएको छ । भने परदेशमा रहेका विभिन्न संघ संस्थाले पनि नेपाली संस्कृतिको जगेर्ना गर्दै यस्ता मौलिक कार्यक्रहरु प्रवद्र्धन गर्दै आईरहेका छन् । उक्त अवसरमा नेपाली संस्कृतिलाई झल्काउने गरी दही चिउरा खाने कार्यक्रमसगैं संस्थाको एक वर्षे गतिबिधि र उपलब्धी समेत प्रस्तुत गर्दै त्यसका विषयमा समेत छलफल भएको समाजका सल्लाहकार प्रकाश पौडेलले जानकारी दिए ।

अभिभावक कल्याण समाज बार्डियाका उपाध्यक्ष रामहरी सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अध्यक्ष सुरेश कुमार पौडेलले समाजले एक वर्षभरी गरेका विभिन्न गतिबिधिहरु प्रस्तुत गरेका थिए । उनले समाजले अभिभावक भ्रमण, जनचेतनामूलक कार्यक्रम, स्वास्थ्य शिविर, योग शिविर, डेन्टल स्वास्थ्य लगायतका क्षेत्रमा काम गर्दै आईरहेको जानकारी दिए । कार्यक्रममा संस्थाका सल्लाहकार प्रकाश पौडेलले समाजका आगामी कार्यक्रमका बारेमा प्रष्ट पारेका थिए । सोही कार्यक्रममा समाजको नयाँ कार्यसमिति समेत चयन गरिएको छ । झण्डै १ सय जनाको उपस्थिति रहेको कार्यक्रम सचिव सारदा पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा भजन कृतनमा नाच गान सहित योगा समेत गरिएको थियो