लण्डन । गुल्मी जिल्ला समाज युकेको १५ औँ बार्षिक भेला अगष्ट ६ तारिखमा हुने भएको छ । समाजको समर बाबीक्यू यसपटक फेल्थम कम्युनिटी सेन्टरको खुल्ला चौरमा आयोजना गरिएकाले भव्य बन्ने आयोजकले अपेक्षा गरेको छ । बेस्ट लन्डन फेल्थम
ट्यूडर पार्कमा आयोजना गरिएको कार्यक्रममा नेपालबाट चर्चित राष्ट्रिय कलाकारहरुको साथमा गुल्मेली प्रथम नौमती बाजाको विशेष प्रस्तुती रहने छ ।

समाजका अध्यक्ष विर बलालले बेलायतबासी गुल्मेलीहरु र सबै नेपालीहरुलाई कार्यक्रममा उपस्थिति हुन अनुरोध सगैं निमन्त्रणा गरेका छन् । त्यस्तै समाजका प्रवक्ता राधा खरेलले गुल्मी जिल्ला समाज युकेको यसपटक विगतमा भन्दा ऐतिहासिक कार्यक्रम हुने लण्डन नेपाल न्यूजलाई जानकारी दिँदै उपस्थितिका लागि निमन्त्रणा गरिन ।
महासचिव रुद्र थापाले कार्यक्रमको तैयारीबारे जानकारी दिँदै आगामी आईतबार सोही स्थलमा कार्यसमिति, ट्रष्टी र सल्लाहकारको भेला राखिएको भन्दै उक्त बैठकमा उपस्थित हुन आग्रह गरे ।
बार्षिक भेला २०२३ सफल बनाउन ६ अगष्ट कार्यक्रम स्थलसम्म पुग्नका लािग कोच बुकिङ विभिन्न ठाउँबाट भईरहेको छ । बस रिजर्भ गरेर आउनका लागि एरिया संयोजकको समेत व्यवस्था गरिएको छ । एरिया संयोजक निम्नानुसार रहेका छन् ।

१५ औँ बार्षिक भेला पहिलो पटक नयाँ ठाउँमा आयोजना गर्न लागिएकाले अझै बस ट्रेनको सुविधाले भव्य हुने विश्वास लिईएको कार्यक्रम सयोंजक बरुण भण्डारीले जानकारी दिए । भण्डारीले तैयारीका कामहरु अत्यन्तै तीब्र रुपमा भईरहेको र थप जानकारीका लागि पोष्टरमा उल्लेखित नम्बरहरुमा सम्पर्क गर्न अनुरोध गरेका छन् ।

कार्यक्रममा नेपालबाट चर्चित कलाकारहरू गुल्मेली गायिका पबित्रा सर्तुगे मगर, साथै गायक सन्तु थापा र तिलक बस्नेत लगायतले सागींतिक प्रस्तुती दिनेछन् । गुल्मेली नौमती बाजादेखि नेपालबाट ल्याइने चर्चित लोकदोहोरी कलाकारको प्रस्तुति मात्रै होइन, मौलिक गुल्मेली झ्याउरे, ठाडो भाका, तीजगीत र भजन समेतको रमाइलो प्रस्तुति भेलाका मुख्य आकर्षण रहन्छन् । जसले गर्दा बेलायतबासी गुल्मेली मात्र नभइ गैरगुल्मेली नेपालीको पनि सहभागिता रहने गरेको छ । विशेषगरी गुल्मेली संस्कृति र नौमती बाजाले मेलाको रौनक बढाउने गरेको छ ।
बेलायतमा रहेका नेपालीहरुको संस्थामध्ये पुरानो संस्थाको रुपमा २००७ सालमा संस्थापक अध्यक्ष ओम काउचाले स्थापना गरेको संस्थाले १५ वर्षको यात्रामा तय गर्दा सामाजिक क्षेत्रमा समेत विभिन्न कार्यहरु गरिरहेको छ ।






