लण्डन । बेलायतका नेपाली सामाजिक संस्थाहरु मध्येकै अग्रणी गुल्मी जिल्ला समाज यूकेले वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
गत सोमबार साउथ इस्ट लण्डन माउन्टेन भ्यू रेस्टुरेन्टको सभाहलमा भएको साधारणा सभाले हरेक वर्ष अगस्ट पहिलो साता आयोजना गर्दै आएको समाजको वार्षिक भेटघाट यसपटक ६ अगस्ट आइतबार आयोजना निर्णय गरेको छ । उपाध्यक्ष वरुण भन्डारीको संयोजकमा वार्षिक भेला तयारी समिति बनाइएको छ ।
समाजका ट्रस्टी, सल्लाहकार र कार्यसमितिका पदाधिकारीहरु सहभागी बैठकले साधारण सभामा पेश वार्षिक तथा आर्थिक प्रतिवेदनहरुमा बहस समेत गरेको छ ।
समाजका अध्यक्ष बिर बलालको अध्यक्षतामा सम्पन्न साधारणसभामा समाजले खेल्नुपर्ने भूमिकाबारे छलफल गरिएको थियो ।साधारणसभामा संस्थापक अध्यक्ष ओमप्रसाद थापा लगायत सल्लाहकारहरु,निवर्तमान समितिका अध्यक्ष टोप पल्ली,बालजंग अर्याल,रण केसी, मोति भण्डारी,फत्त थापा, विनोद ज्ञवाली, गोकर्ण बस्नेत, क्या ताम ढेगा,राजेन्द्र श्रेष्ठ,रोम नाथ पाण्डे, केशब भण्डारी, चक्र राना,कृष्ण भन्डारी लगायतले समाजले खेल्नुपर्ने भूमिकाबारे आ-आफ्नो धारणा राखेका थिए ।
कोषाध्यक्ष मुकुन्द खरालले आर्थिक अपडेट गराएका थिए । समाजका महासचिव रुद्र थापाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष तारा भट्टराईले स्वागत मन्तव्य दिएकी थिइन् ।कार्यक्रममा उपाध्यक्ष मञ्जु भन्डारी प्रवक्ता राधा खरेल सचिव महलाल घिमिरेले बठक संचलनमा सहजीकरण गरेका थिए । सल्लाहकार केशब भण्डारीले बिधान सम्बन्धमा अपडेट गराएका थिए।कार्यक्रममा गुल्मीको रुरु क्षेत्रमा गौशला स्थापना तथा परिवार व्यवस्थापनमा सहयोग पुर्याउने समाजकी सदस्य राजु मल्ललाई सम्मान गरिएको थियो।
यस बर्ष बार्षिक भेटघाट मा नेपाल बाट चर्चित कलाकार हरू मा गुल्मीली गायिका पबित्रा सर्तुगे मगर साथै गायक तिलक बस्नेतलाई बोलाउने निर्नय गरेको छ।

अध्यक्ष बिर बालाले गुल्मी “भ्रमण अपडेट सहित साधारणसभामा सहभागी सल्लाहकार तथा कार्यसमितिका पदाधिकारीलाई धन्यवाद ज्ञापन गर्दै समाजका अग्रज सल्लाहकारहरुबाट प्राप्त मार्ग निर्देशनकै जगमा संस्था आजको अवस्थामा आइपुग्न सफल भएको भन्दै सहयोगका लागि समाजले आवश्यक भूमिका निर्वाह गर्दै जाने जानकारी गराएका थिए ।बैठकमा कार्यसमितिका पदाधिकारी, सल्लाहकार र ट्रस्टीहरुसहित झण्डै ४० जनाको सहभागिता थियो ।
हरेक बर्ष आयोजना गरिने गुल्मेली भेलामा लन्डन, अल्डरसट र आसपासबाट मात्र नभइ मिडल्यान्ड, स्कटल्यान्ड लगायत क्षेत्रबाट समेत ठूलो संख्यामा गुल्मेलीहरु सहभागी हुने गरेका छन् । साउथ इष्ट, बर्मिङहम, नटिङगम जस्ता ठाउँबाट बस नै रिजर्भ गरेर ओइरिन्छन् गुल्मेलीहरु ।यस पटक पनि गुल्मेली कलाकार लाइ बोलाउने तयारी गरिएको छ।
गुल्मेली नौमती बाजादेखि नेपालबाट ल्याइने चर्चित लोकदोहोरी कलाकारको प्रस्तुति मात्रै होइन, मौलिक गुल्मेली झ्याउरे, ठाडो भाका, तीजगीत र भजन समेतको रमाइलो प्रस्तुति भेलाका मुख्य आकर्षण रहन्छन् । जसले गर्दा बेलायतबासी गुल्मेली मात्र नभइ गैरगुल्मेली नेपालीको पनि सहभागिता रहने गरेको छ ।






