लण्डन । बेलायतको पिटरबरो शहरमा बस्ने नेपालीहरूले नेपाली नयॉंवर्ष २०८० धुमधामका साथ मनाएका छन् । यही १० अप्रिल पिटरवोरो नेपाली समाज युकेको आयोजनामा सम्पन्न नयॉंवर्ष रमाईलो साझमा नेपालबाट आएका लोकप्रिय कलाकारहरु एलिना चौहान, सुमन कार्की र अन्जली अधिकारीले सहभागीहरूवाई गीत,नॉंच कमेडी प्रस्तुत गरेर रमाईलो प्रदान गरेका थिए ।
पिटरवोरोमा बस्ने नेपालीहरूले संचालन गरेको वर्ड बफे रेस्टुरेन्टमा आयोजित कार्यक्रममा पिटरवोरो र वरपर बस्ने करिव तीनसय नेपालीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा स्थानीय कालाकारहरूको पनि प्रस्तुति रहेको थियो । समाजका अध्यक्ष केशव खतिवडाको सभापतित्वमा सम्पन्न कार्यक्रममा पिटरवोरो सिटी काउन्सीलर गुल नवाज प्रमुख अतिथि रहेका थिए ।
समाजका ट्रस्टी संयोजक महेश अधिकारी सबैलाई नयावर्षको शुकामना दिएका थिए । समाजका महासचिव निरन्जन सेढाईले संचालन गरेको औपचारिक कार्यक्रममा समाजका उपाध्यक्ष दीपक कणेलले स्वागत मन्तव्य दिएका थिए । सांस्कृतिक कार्यक्रमको संचालन गीत एवं गजलकार नृपेश उप्रेति र एकता भण्डारीले गरेका थिए ।
नेपाली खानापिना सहित राति ११ बजेसम्म नेपाली कलाकार र डिजेका साथ सहभागिहरू नेपाली नयॉंवर्ष साझमा रमाएका थिए ।






