चार्ल्टन नेपाली समाज यूकेको नयाँ वर्ष शुभकामना कार्यक्रम सम्पन्न

लण्डन । चार्ल्टन नेपाली समाज यूकेले नेपाली नयाँ बर्ष विशेष समारोहबीच भब्य रुपले मनाएको छ । समाजले अप्रिल ९ तारिक आइतबार मेरिडियन स्पोर्टस क्लवको सभाहलमा नेपाली नयाँ वर्ष विशेष कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा समाजका कार्यवहाक अध्यक्ष प्रकाश कण्डेल र पशुपतिनाथ मन्दिरका मुल गुरु निलहरी घिमीरेले संयुक्त रुपमा पानसमा बत्ती बालेर कार्यक्रम उद्घाटन गरेका थिए ।

नेपालबाट आएका राष्ट्रिय कलाकारहरु गायक रमेशराज भट्टराई गायिका सम्झना भण्डारी र मोडेल करिश्मा ढकालको विशेष परफर्मेन्स सहित कार्यक्रम गरिएको हो। कार्यक्रममा करिव तीनसय नेपालीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरूवाई कलाकारहरुले गीत,नॉंच प्रस्तुत गरेर रमाईलो प्रदान गरेका थिए ।

समाजका कार्यवहाक अध्यक्ष प्रकाश कंडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय काउन्सिलर जित रानाभाट,बुद्ध फाउण्डेसन यूके अध्यक्ष दिपक श्रेष्ठ, आरजीएनएस कार्यवाहक अध्यक्ष पुन्य रेग्मी,नेप्लिज नर्सिङ एसोसियसन अध्यक्ष सुनिता गौतम, साउस ईष्ट पासा पुच अध्यक्ष माधब श्रेष्ठ, बेक्स्ली नेपाली समाज उपाध्यक्ष तथा तमु धिं साउथ ईष्ट उपाध्यक्ष बिन्दु गुरुङ,समाजसेबीहरु एल एन पाण्डे, बिनोद ज्ञावली, दिपक थापा,संस्थापक अध्यक्ष सुरज के सी, पूर्व अध्यक्षहरु रोमनाथ पाण्डे, टंक कण्डेल, कृष्ण खरेल सल्लाहकारहरु महेन्द्र कण्डेल,दासु पाण्डे,फडिन्द्र भट्टराई,रेशम अर्याल, गंगा खरेल लगायत अतिथिले पनि शुभकामना आदानप्रदान तथा खुशी साटासाट गरेका थिए।

समाजका महासचिब तोयनाथ रिजालले संचालन गरेको कार्यक्रममा समाजकी उपाध्यक्ष सिता अर्यालले स्वागत मन्तब्य एबम निबर्तमान अध्यक्ष कृष्ण खरेल शुभकामना व्यक्त गर्दै नयां वर्षको शुभकामना दिए ।

अन्तमा, डिजे हेम बिष्टले विभिन्न डान्सिङ नम्बर गीतहरु प्रस्तुत गर्दै थप मनोरन्जन दिलाएका थिए ।