काठमाण्डौ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा सुनुवाइ सकिएको छ ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश शंकरराज बरालको इजलासले किशोरीको मेडिकल गर्ने डाक्टर र क्रिकेटर साहब आलमको बकपत्र गराउन आदेश दिएको छ ।
गत कात्तिक २९ गते न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । तर, उहाँको आदेश उच्च अदालत पाटनले बदर गरेपछि सन्दीप धरौटीमा रिहा हुनुभएको थियो ।
सर्वोच्च अदालतले पनि सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्न नपर्ने उच्चको आदेश सदर गर्दै विदेश जान लगाइएको प्रतिबन्ध समेत फुकुवा गराएको थियो ।






