पोखरा समाज अस्ट्रेलियाले गर्यो गोदार परिवारलाई सहयोग हस्तान्तरण

सिड्नी । गत नोभेम्बरमा अस्ट्रेलियामा ज्यान गुमाएका राजु गोदारको परिवारलाई आर्थिक सहयोग गरिएको छ । पोखरा स्थायी घर भई विगत ९ वर्षदेखि अस्ट्रेलियाको सिड्नीमा बसोबास गर्दै आईरहेका गोदार नोभेम्बर महिनामा मृत अवस्थामा भेटिएका थिए ।

उनको दाहसंस्कारका लागि समेत अर्थ अभाव भएपछि पोखरा समाज अस्ट्रेलियाले आर्थिक सहयोग सकंलन अभियान सुरु गरेको थियो ।पोखरा समाज अस्ट्रेलियाको उक्त अभियान, गो फण्ड र एनआरएनए लगायतका सघंसंस्था तथा विभिन्न व्यक्तिहरुद्धारा सकंलित ११ लाख ६ सय ४५ रुपैयाँ समाजका सल्लाहकार प्रेमकाजी गुरुङले गोदारकी धर्मपत्नीलाई हस्तान्तरण गरेका हुन् ।

उक्त सहयोग रकमबाट मृतक गोदारका छोरा छोरीको अध्ययन तथा अन्य विभिन्न क्षेत्रमा खर्च गर्ने गरी सहयोग हस्तान्तरण गरिएको समाजले जनाएको छ ।सहयोग सकंलनका लागि पोखरा समाज अस्ट्रेलियाका सल्लाहकार एवम् एनआरएनए न्यू साउथ वेल्स राज्य परिषद सयोंजक देव गुरुङ, पोखरा समाज अस्ट्रेलियाका अध्यक्ष  तारा गुरुङ, पूर्व अध्यक्ष राजु अधिकारी, पूर्व महासचिव समित  केसी, महासचिव प्रकाश सुवेदी लगायत समाजका सदस्यहरुको विशेष पहल  सहयोग रकम सङ्कलन गरिएको थियो ।

पोखरा समाज अस्ट्रेलियाले गो फण्ड, एनआरएनए लगायत सहयोगी सम्पूर्णलाई धन्यवाद समेत व्यक्त गरेको छ । मृतक गोदारको नेपाली संस्कार र परम्परा अनुसार अस्ट्रेलियामै दाहसंस्कार गरिएको थियो ।